मोरङमा निर्वाचनका दुई हजार बढी उम्मेदवारले बुझाएनन् खर्च विवरण

<span class='c1'>मोरङमा निर्वाचनका दुई हजार बढी</span> <span class='c2'>उम्मेदवारले बुझाएनन् खर्च विवरण</span>

विराटनगर । मोरङमा स्थानीय तह निर्वाचनका दुई हजार बढी उम्मेदवारले निर्वाचन खर्च विवरण बुझाएका छैनन् । आयोगले खर्च विवरण बुझाउन तोकेको समयमा थोरै उम्मेदवारले खर्च विवरण बुझाएको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।

प्रदेश निर्वाचन कार्यालयका अनुसार मोरङमा हालसम्म एक हजार १२ स्थानीय तह निर्वाचनका उम्मेदवारले मात्रै खर्च विवरण बुझाएका छन् । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा चार हजार तीन सय ४६ उम्मेदवार थिए ।

जिल्ला समन्वय समितिको निर्वाचनमा उम्मेदवारी दिएका १६ मध्ये नौ जनाले निर्वाचनको खर्च विवरण बुझाएका छन् । स्थानीय तहको कार्यापालिका निर्वाचनमा उम्मेदवारी दिएका एक सय १४ मध्ये १२ ले मात्रै निर्वाचन आयोगमा निर्वाचनको खर्च विवरण बुझाएका छन् ।

तोकिएको समयमा खर्च विवरण नबुझाउने उम्मेदवारलाई निर्वाचन कसुर तथा सजाय ऐनमा रु १५ हजार जरिवाना गरेर सम्पत्ति विवरण बुझाउन निर्वाचन आयोगले आदेश दिने व्यवस्था रहेको प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख लेवनकश्यप अधिकारीले बताउनुभयो । उहाँले तोकिएको समयमा खर्च विवरण नबुझाउने उम्मेदवारलाई निर्वाचन कसुर तथा सजाय ऐन र निर्वाचन आयोगले गर्ने निर्णयअनुसार कारबाही प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्