प्याब्सन विराटनगरको सामूहिक लोकनृत्य प्रतियोगितामा एभरेष्ट प्रथम

<span class='c1'>प्याब्सन विराटनगरको सामूहिक लोकनृत्य</span> <span class='c2'>प्रतियोगितामा एभरेष्ट प्रथम</span>

विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) विराटनगर महानगर कमिटीले आयोजना गरेको सामुहिक लोकनृत्य प्रतियोगितामा एभरेष्ट स्कुल प्रथम भएको छ ।
प्रतियोगिता अन्तर्गतका आधारभूत तह ९कक्षा १–८० का र माध्यामिक तह (कक्षा ६– १२) का विद्यार्थी बचको प्रतिष्पर्धा दुबैमा एभरेष्ट प्रथम भएको हो । प्राथमिक बितहका १२ विद्यालय सहभागी आधारभूततहको नृत्य र १४ विद्यालय सहभागि माध्यामिक तहको लोक नृत्य प्रतियोगिता दुबैमा विराटनगर– ५ स्थित एभरेष्ट स्कुल प्रथम भएको हो ।

आरोहण गृुरुकुलमा आयोजित महानगरस्तरीय प्रतियोगितामा सामूहिक लोकनृत्यमा एभरेष्ट स्कुल प्रथम भइरहँदा क्रमश उत्कृष्ट चार भइरहँदा पोल स्टार स्कुल, सुम्निमा स्कुल र बुढानिलकण्ठ स्कुल छनौट भएका छन् । यस्तै माध्यामिक तहको सामूहिक लोकनृत्यमा एभरेष्ट स्कुल प्रथम भइरहँदा प्यारागन स्कुल, ग्रेडेड स्कुल, पोल स्टार स्कुल र सिद्धार्थ स्कुल चयन भएका छन् ।
विराटनगर प्याब्सनले लिएको अडिसनबाट उत्ष्कृष्ट भएका स्कुलले प्याब्सन मारङले आयोजना गरेको जिल्ला स्तरीय प्रतियोगितामा सहभागिता जनाउने छन् । विराटनगर प्याब्सनका सचिव अशोक लामा अनुसार प्याब्सन जिल्लाले आयोजना गरेको अंग्रजी हिज्जे र सामूहिक लोकनृत्य प्रतियोगिता अन्तर्गत विराटनगर महानगर स्तरीय छनौट प्रतियोगिता सम्पन्न भएको छ ।

जसअन्तर्गत सम्पन्न सामूहिक लोक नृत्यको दुबै तहको विधामा एभरेष्ट प्रथम भएको हो । यस्तै हिजो (शुक्रबार) सम्पन्न ब्रिटिस आधारित अंग्रेजी हिज्जे प्रतियोगितामा सेन्ट जोसेफ स्कुल, डिपिएस स्कुल, मदरल्याण्ड स्कुल, ग्रिनल्याण्ड स्कुल, एभरेष्ट स्कुल, बिकेभिएम स्कुल र गौतमबुद्ध स्कुल छनौट भएका छन् । प्याब्सन मोरङले आयोजना गरेको प्रतियोगिताको फाइनल यहि भदौ १५ र १६ गते फाइनल प्रतियोगिता हुने प्याब्सन मोरङ अध्यक्ष शितला सुब्बाले बताउनुभयो । उहाँका अनुसार जिल्लाका सबै पालिकाबाट प्रतियोगितामा सहभागि भएका विद्यालयको उत्कृष्ट एक तिहाईले जिल्लास्तरीय प्रतियोगितामा भाग लिने छन् ।
विराटनगरमा महानगरमा भने हिज्जे प्रतियोगितामा प्याब्सन मोरङका सचिव अशोक लामा र सामूहिक लोकनृत्य अर्जुन श्रष्ठको संयोजकत्वमा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्