विराटनगर महानगरका जनप्रतिनिधिहरूका लागि अभिमुखीकरण

<span class='c1'>विराटनगर महानगरका जनप्रतिनिधिहरूका</span> <span class='c2'>लागि अभिमुखीकरण</span>

विराटनगर । विराटनगर महानगरपालिकाले नवनिर्वाचित जनप्रतिनिधिहरूलाई स्थानीय सरकार सञ्चालनसम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ ।

अभिमुखीकरण कार्यक्रमको महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गरेका थिए । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले अभिमुखीकरण कार्यक्रमले जनप्रतिनिधिहरू क्षमता विकास र कार्यसम्पादनमा सहयोग पुग्ने विचार व्यक्त गरेका थिए । पहिलो दिन शुक्रबार स्थानीय सरकारका काम, कर्तव्य, अधिकार, बितेको ५ वर्षमा स्थानीय सरकारको उपलब्धि र अभ्यासलगायतका विषयमा केन्द्रित भएर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव एवं प्रवक्ता वसन्त अधिकारीले सहजीकरण गरेका थिए । उनले सो क्रममा स्थानीय तहले आन्तरिक आम्दानी नबढाएसम्म विकासको लक्ष्य पूरा नहुने बताए । प्रवक्ता अधिकारीले विराटनगर महानगरपालिकाका लागि पनि आन्तरिक आम्दानी बढाउनुपर्ने चुनौती रहेको उल्लेख गरे ।

अभिमुखीकरण कार्यक्रममा महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेत, १९ वटै वटाका वडाध्यक्ष, कार्यपालिका सदस्य, नगर परिषद् सदस्य, विभिन्न महाशाखाका प्रमुख, तथा कर्मचारीहरूको सहभागिता रहेको थियो । शुक्रबार र शनिबार सञ्चालन भएको अभिमुखीकरण कार्यक्रममा प्रवक्ता अधिकारीसहित मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरद पोखरेल, संघीय मामिला मन्त्रालयका सहसचिव विष्णु गौतम, महानगरका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतलगायतले सहजीकरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्