विराटनगरको एम्स कलेज : कक्षा कोठामा सैद्धान्तिक ज्ञान, ल्याबमा व्यवहारिक अभ्यास

विराटनगरको एम्स कलेज : कक्षा कोठामा सैद्धान्तिक ज्ञान, ल्याबमा व्यवहारिक अभ्यास

विराटनगर । विराटनगर–९ मा सञ्चालित एम्स कलेजले त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्नातक तहका चार शैक्षिक कार्यक्रम एउटै छानोमुनी अध्ययन गर्ने अवसर विद्यार्थीहरुका लागि जुटाएको छ । सुविधासम्पन्न भौतिक संरचना रहेको एम्समा वातानुकुलित कक्षा कोठामा बसेर विद्यार्थीले अध्ययन गर्ने अवसर रहेको हो ।

२०५९ सालमा स्थापना भएको कलेजले स्नातक तह अन्तर्गत बीएचएम, बीबीएस, बीएससी सिएसआईटी र बीएको अध्ययनअध्यापन गराउँदै आएको छ । चार शैक्षिक कार्यक्रममा ६०० विद्यार्थी क्षमता रहेको कलेजमा बीएचएम र बीएससी सिएसआईटी अन्तर्गत आधुनिक ल्याबको सुविधा रहेको छ । बीएचएमतर्फ शैक्षिकसत्र २०७८÷२०७९ मा कलेजका विद्यार्थी प्रदेशमा प्रथम स्थान हाँसिल गर्न सफल भएका छन् ।

बीएचएम अध्ययन गर्ने विद्यार्थीका लागि अभ्यास ल्याबको उचित प्रवन्ध रहेको क्याम्पस प्रमुख राकेश भट्टले जानकारी दिनुभयो । बीएचएमको सैद्धान्तिक ज्ञान लिएका विद्यार्थीले अभ्यासका लागि हाउस किपिङ्ग, रेष्टुरेन्ट, किचनमा अभ्यास गर्ने अवसर पाउँदै आएका छन् ।

एम्स कलेजका अध्यक्ष तुलसी पोखरेलका अनुसार विद्यार्थीको सर्वागिण विकासलाई ध्यानमा राखेर आगामी शैक्षिक सत्रदेखि अनुभवी र नयाँ पुस्ताका शिक्षकहरुको संयोजन व्यवस्थापनले गरेको छ । पुरानो अनुभवका आधारमा कलेजको अध्यक्ष पोखरेलले सम्हाल्नु भएको छ । कलेजको मेनेजिङ्ग डाइरेक्टरमा डा.दिक्षान्त पोखरेल, क्याम्पस प्रमुख राकेश भट्ट, डाइरेक्टर प्रशान्त पोखरेल र मोक्षरत्न पोखरेल रहनु भएको छ ।

विद्यार्थीको विकासका लागि सैद्धान्तिकसँगै व्यवहारिक ज्ञान दिलाउन व्यवस्थापनले उचित टिमको संयोजनसँगै दक्ष शिक्षकहरुलाई भित्र्याएको छ, अध्यक्ष पोखरेलले भन्नुभयो–सुलभ शुल्क, उचित भौतिक संरचनामा गुणस्तरीय शिक्षा एम्सको लक्ष्य हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्