विराटनगरमा ‘पब्जी टुर्नामेन्ट’ प्रतियोगता भदौ १८ गते हुने

विराटनगरमा ‘पब्जी टुर्नामेन्ट’ प्रतियोगता भदौ १८ गते हुने

विराटनगर । विराटनगरमा आगामी भदौ १८ गते मोबाईल भिडियो गेम पब्जीकोइ–स्पोर्टस टुर्नामेन्ट हुने भएको छ । ‘रेजरयाक्ट इ–स्पोर्टस’ ग्रुपको आयोजनामा विराटनगरको पाञ्चालीस्थित सगरमाथा पार्टी प्यालेसमा पब्जी टुर्नामेन्ट हुने भएको हो ।

टुर्नामेन्टमा नेपालभरिबाट विभिन्न १८ वटा टीमको सहभागिता रहने आयोजकले जनाएको छ । आयोजकका अनुसार टुर्नामेन्टमा काठमाडौं, बुटवल, नेपालगञ्ज, बिर्तामोड, पोखरा, दमक र विराटनगरका टीमहरुले सहभागिता जनाउने छन् । एउटा टीममा ४ जना खेलाडी रहने गरी टुर्नामेन्टको आयोजना गरिएको आयोजक समितिका सदस्य अनुराग क्षेत्रीले बताए ।

एक दिवसीय टुर्नामेन्टमा ८ वटा गेम हुनेछ । एउटा गेम २५ मिनेटको हुन्छ ।सबै टीम एकैठाउँमा बसेर खेल्छन् । स्क्वाड गेम हुनेछ । सहभागीहरुमध्ये सर्वाधिक प्वाईन्ट हाँसिल गर्ने टीम टुर्नामेन्टको विजेता घोषित हुनेछ ।
टुर्नामेन्टमा विजयी हुने टीमका लागि नगद पुरस्कारकोे समेत व्यवस्था गरिएको छ । टुर्नामेन्टको विजेता टीमलाई ५० हजार र उप–विजेता टीमलाई २० हजार नगद पुुरस्कारको व्यवस्था गरिएको आयोजक समितिका सदस्य सन्दिप श्रेष्ठले बताए । टुर्नामेन्टमा तेश्रो र चौथो स्थान हाँसिल गर्ने टीमका लागि पनि क्रमशः १५ र १० हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

टुर्नामेन्टको एमभिपी अर्थात् स्टार प्लेयरका लागि समेत नगद पुरस्कारको व्यवस्था गरिएको छ । गेमको स्टार प्लेयरले ५ हजार नगद पुरस्कार पाउनेछ । दिनको ११ः१० बजेदेखि सुरु हुने टुर्नामेन्टमा सहभागिताका निम्ति रजिष्टे«शनको व्यवस्था गरिएको जनाईएको छ । रजिष्ट्रेशनका निम्ति १२ हजार फी तिर्नुपर्नेछ । आयोजकले ‘आरटीडि इ–स्पोर्टस’ र ‘सर्जिकल नुब’ नामक युट्युब च्यानल र विभिन्न सञ्चारमाध्यम मार्फत् टुर्नामेन्टको प्रत्यक्ष प्रसारणको व्यवस्थापन मिलाएको छ ।

टुर्नामेन्टमा भने आईस अफिसियल, ओभरडोज, आर्केडिया इ–स्पोर्टस, हाफ एक्स–ब्लडेड, द लेजेन्ड्स, टीम रातो खुकुरी, डेभिल अफ नेपाल, फोरएएस इ–स्पोर्टस, रिफ्लेक्सेस अफ गड, ड्रेगो गेमिङ्ग र ड्रप टु डेथ लगायतका टीमहरुको सहभागिता रहने जानकारी दिईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्