आगामी निर्वाचनबाट राष्ट्रिय पार्टी हुने: नेकां(विपी) केन्द्रीय सभापति शेरचन

आगामी निर्वाचनबाट राष्ट्रिय पार्टी हुने:  नेकां(विपी) केन्द्रीय सभापति शेरचन

विराटनगर । नेपाली कांग्रेस(विपी)का केन्द्रीय सभापति शुसिलमान शेरचनले जनताले आगामी निर्वाचनबाट राष्ट्रिय पार्टी बताउनु भयो ।
उहाँले आज पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै पार्टीले सङ्घीय संसदको १६४ निर्वाचनमा उम्मेदवार उठाउने र अध्याधिक स्थानमा विजयी हुने दावी समेत गर्नु भयो ।
सभापति शेरचनले पार्टीले मुलुकमा सुशासन कायम गर्न , गरिवी निवारण , राष्ट्र र राष्ट्रिय जोगाउन उद्देश्यले कार्य गर्ने बताउनु भयो ।
पार्टीका वरिष्ठ उपसभापति कर्णबहादुर मल्लले पार्टीले अहिले ७७ जिल्लामा सङ्घीय संसद र प्रदेश सभाको उम्मेदवार तय गर्न, विभिन्न पार्टीका कार्यकर्ताहरुलाई प्रवेश र कार्यकर्ता भेलाको आयोजना गरिरहेको जानकारी दिनु भयो ।
उहाँले वीपीले अङ्गिकर गरेको वाटोमा पार्टी सञ्चालन भैरहेको दावी गर्दै लोकतन्त्रमा जनताको समृद्धि मुख्य एजेण्डा भएको धारणा राख्नु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्