विराटनगरका मेयर सरसफाईमा पहिलो हप्तामै फेल

विराटनगरका मेयर सरसफाईमा पहिलो हप्तामै फेल

विराटनगर । विराटनगर महानगरपालिकाले प्रदेश राजधानी समेत रहेको विराटनगरलाई स्वच्छ, सुन्दर र सफा राख्ने उद्देश्यसहित हरेक शुक्रबार सरसफाई विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । अघिल्लो शनिबार विराटनगर महानगरपालिकाका मेयर नागेश कोईराला, उपमेयर शिल्पा निराला कार्की, वडा अध्यक्ष, महाशाखा प्रमुख र फोहोर व्यावस्थापनको जिम्मा लिएका संस्थाहरु समेतको उपस्थितिमा बसेको बैठकले हरेक शुक्रबार सरसफाई निर्णय गरेको थियो ।

महानगरमा बसेको बैठकपछि गत शुक्रबार विराटनगरको सडकमा मेयर नागेश कोईराला झाडु लिएर निस्कीएका थिए । उनले विराटनगरको सडकमा झाडु बोकेर सरसफाई गरेको फोटो सामाजिक सञ्जाल र सञ्चारमाध्यमको पनि प्राथमिकतामा परेको थियो ।
बैठकमा हरेक शुक्रबार विहान ७ बजेदेखी ८ बजेसम्म सफाई अभियान सञ्चालन गर्ने भनेर गरिएको निर्णय पहिलो हप्तामा नै फेल भएको छ । महानगरले गरेको निर्णय पुरा गर्न सकेन । अघिल्लो शनिबार विराटनगरमा रथयात्रा निकाल्ने दिनभएकाले मेयरसहित विभिन्न संघसस्था, सुरक्षाकर्मी, सम्बन्धित वडाका जनप्रतिनीधी, महानगरका कर्मचारी र रथयात्रा समारोह समितिका पदाधिकारीहरु मिलेर तीनपैनीदेखी मेन रोडका बजार क्षेत्रमा अभियान चलाएका थिए ।

सरसफाई अभियानमा सरिक भएको फोटाहरु सामाजिक संजालमा मेयरको राम्रै तारिफ हुन थालेपछि हरेक शुक्रबार विराटनगरको सडकमा सरसफाई गर्ने भनेर केही व्यक्तिले सल्लाह दिए । सुझावका आधारमा मेयर कोईरालाको अध्यक्षतामा महानगरमा हरेक शुक्रबार सर सफाई अभियान गर्ने भनियो । तर, यो अस्ती शुक्रबार गर्ने भनिएको सरसफाईमा सहभागि हुन कोहि आएनन् । सामाजिक सञ्जाल र सञ्चार माध्यममा छाएका कारण महानगरको ठूलो टोलि सरसफाईमा बजार निस्कने आसा गरिएको थियो ।

तर, यो शुक्रबार न त मेयर नै आए न त जनप्रतिनी वा अन्य कुनै पनि सरसफाईका कर्मचारी देखिए । आफुले निर्णय गरेको कुरा पुरा गर्न सकिदैन भने किन निर्णय गर्नु विराटनगरका एक अभियान्ताले भने, अहिलेका मेयर बोल्छन् मात्रै काम भने गर्दैनन् ।
महानगरपालिकाको स्रोतले भने शुक्रबार संघीय मन्त्रालयबाट आएको टोलीले विराटनगरका नवनिर्वाचित जनप्रतिनीधिलाई प्रशिक्षण दिने कार्यक्रम भएकाले सरसफाई अभियान रोकिएको हो ।
महानगर क्षेत्रलाई उत्तरी, मध्य र दक्षिणी क्षेत्र गरी तीन भागमा बाँडेर सरसफाई विशेष अभियान सञ्चालन गरिदै आएको छ । तर पनि अझै महानगरमा भने जस्तो सर सफाईका कामहरु भने हुन सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्