विराटनगरबाट स्रोत नखुलेको ४ लाख ५१ हजार नगद सहित एकजना पक्राउ

<span class='c1'>विराटनगरबाट स्रोत नखुलेको ४ लाख ५१</span> <span class='c2'>हजार नगद सहित एकजना पक्राउ</span>

विराटनगर । विराटनगर महानगरपालिका-१५ स्थित २ नम्बर ढाट छेउबाट स्रोत नखुलेको नगद ४ लाख ५१ हजार ९ सय रूपैयाँ सहित धनकुटा साघुरीगडी गाउँपालिका-३ बस्ने ६४ वर्षीय कर्ण बहादुर राईलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेका कर्ण बहादुरलाई ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा स्रोत नखुलेको उक्त नगद फेला पारी पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धानको लागि आन्तरिक राजश्व कार्यालय ईटहरीमा पठाउने पहल भइरहेको प्रहरीले जनाएको छ ।

फोटो: फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्