मिटरब्याजीले जग्गा हडप्पेपछि गरिबीसँगै सुकुम्वासी थपिदैं

<span class='c1'>मिटरब्याजीले जग्गा हडप्पेपछि</span> <span class='c2'>गरिबीसँगै सुकुम्वासी थपिदैं</span>

विराटनगर । साँवामा ब्याजको ‘मिटर’ चलाएर ऋण लगानी गर्नेहरुले नयाँ सुुकुम्वासी र भूमिहिन जन्माउने गरेका छन् । अफ्ठ्यारोमा परेको बेला काबुमा राखेर ऋण लगानी गर्नेहरुले ‘तमसुक’को आडमा लाखबाट करोड असुल्दै आएका हुन् ।

मिटरब्याज अपराध नियन्त्रणका लागि गृहमन्त्रालयद्वारा गठित कार्यदलले मोरङका पीडितसँग आइतबार विराटनगरमा गरेको छलफलमा एकलाख ५० हजार रुपिँया ऋण लिएर एक करोड ५० लाख रुपिँया भुक्तानी गर्नेसम्म पाइएको छ ।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले मोरङमा ४२ वटा उजुरी पीडितले दिएको जानकारी दिनुभयो । जसमा सामान्य लेनदेनको कारोबारबाट घरबार डुब्ने पीडित धेरै देखिएका छन् ।

कार्यदलका संयोजक भिष्मकुमार भुसालले सात जिल्लाका पीडितसँग बुझ्दासम्म सानो लगानी गरेर घरबारविहीन भएका पीडितसम्म भेटिएको बताउनुभयो । उहाँले बैंक तथा वित्तीय संस्थाको भरपर्दो पहुँच नहुँदा र तत्काल आवश्यक पर्ने रकम जोहो गर्न जस्तोसुकै शर्तनामा स्वीकार गर्दा समस्यामा फस्ने पीडित धेरै रहेको जानकारी दिनुभयो ।
कार्यदलसँग मोरङ धनपालथान–७ का अवधेशकुमार मण्डलले आफ्नै साझेदार सुधान्सु ठाकुरसँग एकलाख ५० हजार ऋण लिएर एक करोड ५० लाख बुझाईसक्दा अझै ४५ लाख रुपिँया बुझाउन बाँकी रहेको गुनासो गर्नु भएको थियो । २०७३ सालमा साझेदारीमा कुखुरा फर्म सुरु गर्दा कामदार दुर्घटनामा परेपछि लिइएको ऋण अहिलेसम्म चुक्ता गर्न नसकेको मण्डलको दावी थियो ।

ऋण लिँदा प्रतिदिन २ हजार ब्याज दिनुपर्ने भन्दै तोकिएको समायवधीमा भुक्तानी गर्न नसके मिटर चढ्ने शर्तनामाको कागजमा हस्ताक्षर गराएको आरोप मण्डलको छ । मण्डलले सुरुमा दुईलाख, त्यसपछि १५ लाख गर्दै ७५ लाख रुपिाया भुक्तानी गरिसक्दा समेत ढेडलाख रुपिँया चुक्ता भएन । त्यति मात्रै नभई २०७५ भदौ १ गते मण्डललाई मिटरब्याजी समूहले नियन्त्रणमा लिएर पाँच तमसुकमा हस्ताक्षर गराएको दावी छ । त्यहि एकलाख ५० हजारलाई एक करोड ५० लाख बनाएर हस्ताक्षर गराउनेहरुमा विराटनगर–१ क नितेश बस्नेत, विराटनगर–२ बस्ने सन्जिव कर्ण, कोसी प्रोजेक्ट विराटनगर बस्ने सोमित कामत, सुभम सिंह, रविनकुमार यादव, नितिनकुमार साह लगायतले गराएको कागजका आधारमा उनले एककरोड ५० लाख बुझाईसकेका हुन् ।

यस्तै विराटनगरका जगदिश साहले एकसाता भित्र फिर्ता गर्ने गरि ताजब्बर सिद्धिकीसँग लिइएको दुईलाख सापटीको आठ लाख बुझाउँदा पनि नसकिएपछि जेलजीवन समेत जानु परेको गुनासो गर्नुभयो । उनलाई विराटनगरका मिटरब्याजी किरण लामाले जर्बरजस्ती गरेर मिटरब्याजको कागज बनाएर अदालतको सहारा लिएर जेल जानुपर्ने स्थिति सिर्जना भएको साहको गुनासो छ ।

साह अदालतको फैसला अनुसार २०७६ माघ ७ गते पक्राउ परेर कागज अनुसारको १८ लाख ९४ हजार साँवाब्याज भुक्तानी गरेपछि २०७६ माघ १२ गते कारागार मुक्त भएको कार्यदल सामू बताउनुभयो । यस्तै विराटनगर–१८ का बेचनलाल दासले पाँचवर्ष अघि बासुदेव मण्डलबाट दुई पटममा एकलाख ऋण लिनु भएको थियो । १५ धुर जग्गा राखेर लिएको ऋणले जग्गा नै गुमेको भन्दै न्यायका लागि कार्यदलसँग गुनासो गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्