विराटनगरको बजेटमा काँग्रेसका दिवंगत नेताका प्रतिष्ठान र फाउण्डेशनलाई तीन करोड

<span class='c1'>विराटनगरको बजेटमा काँग्रेसका दिवंगत नेताका</span> <span class='c2'>प्रतिष्ठान र फाउण्डेशनलाई तीन करोड</span>

विराटनगर । विराटनगर महानगरपालिकाले नेपाली काँग्रेसका दिवंगत कोइराला परिवारका नेताहरुको नाममा स्थापना भएका संस्थाहरुलाई बजेट छुट्याएको छ । कोइराला परिवारसँग सम्बन्धित प्रतिष्ठान, फाउण्डेशन आदिको नाममा बजेट बिनियोजन गरेर कार्यकर्ता हँसाउने काम गरेको हो ।

महानगरका मेयर नागेश कोइराला छन् । उनले विराटनगर महानगरपालिकाले चालु वर्षको बजेटमा स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाको नाममा मात्रै विभिन्न चार शीर्षकमा बजेट छुट्याएका हुन् । दिवंगत काँग्रेस नेताहरुको नाममा खुलेका प्रतिष्ठानहरुका लागि मात्र २ करोड रुपैयाँ सञ्चालन तथा पुँजीगत अनुदानको व्यवस्था गरिएको छ ।
काँग्रेसका स्वर्गीय नेताहरुको नाममा स्थापना भएका प्रतिष्ठानहरुमा करोडौं बजेट विनियोजन गरिएको आफ्नै वेवसाइडमा राखिएको बजेटको पिडिएफ डकुमेन्टमा उल्लेख छ । यद्यमी महानगरले यस पटक बजेट पुस्तिका भने सार्वजानिक गरेको छैन ।

महानगरले गिरिजाप्रसाद कोइराला प्रतिष्ठानको नाममा ४५ लाख ७५ हजार, गिरिजाप्रसाद कोइराला प्रतिष्ठान भवन निर्माण गर्न २८ लाख ७५ हजार रुपैयाँ, पुस्तिका प्रकाशन गर्न ५ लाख रुपैयाँ, बालश्रम सम्बन्धी काम गर्न ५ लाख रुपैयाँ र गिरिजाप्रसाद कोइराला हक्की प्रतियोगिता सञ्चालन गर्न ७ लाख रुपैयाँ बिनियोजन गरेको उल्लेख छ ।
पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका स्वर्गीय नेता सुशिल कोइरालाको नाममा स्थापना भएको सुशिल कोइराला फाउण्डेशनको भवन निर्माणका लागि ५७ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । फाउण्डेसनको भवन विराटनगर ८ मा बन्ने उल्लेख छ ।
यस्तै विराटनगर–४ मा काँग्रेस नेता डा. शेखर कोइरालाकी आमा स्वर्गीय नोना कोइरालाको नाममा स्थापना भएको नोना कोइराला प्रतिष्ठानको भवन निर्माणका लागि महानगरले ५७ लाख ५० हजार रुपैयाँ बजेट छुट्याएको छ ।

पूर्व प्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईको नाममा स्थापना गरिएको कृष्णप्रसाद भट्टराई प्रतिष्ठानको भवन निर्माणका लागि २८ लाख ७५ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

चालु आर्थिक वर्ष २०७९÷८० मा मा काँग्रेस निकट नेताहरुको नाममा खोलिएका प्रतिष्ठानहरुका लागि करिब २ करोड रुपैयाँ बजेट राखिएको छ । त्यस बाहेक ती प्रतिष्ठान र फाउण्डेशनहरुले गत वर्ष सम्पन्न गरेको कामको भुक्तानी गर्न भन्दै थप १ करोड ४८ लाख बजेट राखिएको छ ।
गत आर्थिक वर्षमा नोना कोइराला स्मृति प्रतिष्ठानको भवन निर्माणमा खर्च भएको ७३ लाख ०२ हजार ९३५ रुपैयाँ भुक्तानी दिन बाँकी शीर्षकमा बजेट विनियोजन गरिएको छ । यस्तै गत वर्ष गिरिजाप्रसाद कोइराला फाउण्डेशनको भवन निर्माणका लागि महानगरले दुई वटा शीर्षकमा बजेट छुट्याएर काम गराएको थियो । फाउण्डेसनको तला थप गर्दा खर्च भएको १६ लाख ५० हजार २६३ रुपैयाँ र वडा नम्बर १ बाट सोही शीर्षकमा खर्च गरेको ९ लाख ५९ हजार १७२ रुपैयाँ चालु वर्षमा भुक्तानी गर्ने गरी बजेटको व्यवस्था गरिएको छ ।

विराटनगर ८ स्थित सुशिल कोइराला फाउण्डेसनलाई भुक्तानी दिन ३८ लाख ८२ हजार रुपैयाँ चालु वर्षको बजेटमा विनियोजन गरिएको छ । यी प्रतिष्ठान र फाउण्डेसनका लागि गतवर्ष र चालु आर्थिक वर्षको गरी महानगरले ३ करोड ५३ लाख रुपैयाँ भुक्तानी गर्नु पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्