विराटनगरमा बालिकालाई दुरुत्साहन गरेको आरोपमा एकजना पक्राउ

<span class='c1'>विराटनगरमा बालिकालाई दुरुत्साहन गरेको</span> <span class='c2'>आरोपमा एकजना पक्राउ</span>

विराटनगर । विराटनगर–१४ मा एक बालिकालाई यौन दुव्र्यवहार गरेर आत्माहत्या गर्न बाध्य बारेको आरोपमा एकजना युवा पक्राउ परेका छन् । प्रहरीले आत्माहत्या दुरुत्साहन गरेको आरोपमा विराटनगर–१४ महतो टोलका १८ वर्षीय राहुल महतोलाई नियन्त्रणमा लिइएको हो ।

राहुलसहित तीनजनाले १४ वर्षीया आशिका यादवलाई विद्यालय जाँदा दुव्र्यहार गर्ने गरेकोले त्यहि पीरले उनले आत्माहत्या गरेको दावी पीडित परिवारको छ । दुव्र्यवहार गरेको देख्ने अर्की बालिकालाई ‘कसैलाई’ भने मारिदिने धम्की दिएका कारण तत्काल घटना बाहिर आउन सकेको थिएन ।

गत असार २२ गते १४ वर्षीया बालिका आशिका यादवले आत्माहत्या गरेकी थिइन् । उनको मृत्युपछि आमा सरस्वतीदेवी यादवले लामो समयसम्म छोरीलाई परेको असजिलोको बारेमा बुझेकी थिइन् । त्यसक्रममा मृतक आशिकासँगै पढ्ने अर्की बालिकाले तीनजनाले उनीमाथि बारम्बार दुव्र्यवहार गर्ने गरेको भन्दै इलाका प्रहरी कार्यालय रानीमा बताएकी थिइन् ।

त्यसका आधारमा प्रहरीले राहुललाई आइतबार राती पक्राउ गरेर सोमबार पाँचदिनको म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिएका छन् । आत्माहत्या दुरुत्साहन मुद्दामा म्याद थप गरेर अनुसन्धान सुरु गरेका छौं, प्रवक्ता श्रेष्ठले भने–थप विषय अनुसन्धानका क्रममा खुल्दै गए अनुसार आउनेछन् ।

पीडित परिवारले तीनजना विरुद्ध किटानी जाहेरी दिएका छन् । तर, प्रहरीले एकजनालाई मात्रै नियन्त्रणमा लिइएको हो । पीडित सरस्वतीदेवीका अनुसार एकजना भागेका छन् । अर्को एकजना घरमै भएपनि प्रहरीले पक्राउ गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्