विराटनगर । विराटनगर सेन्ट्रल राउण्ड टेबल–१५ ले मोरङको एक विद्यालयमा शौचालय र घेराबारा निर्माण गरि हस्तान्तरण गरेको छ ।
रंगेलीस्थित महर्षी मेही आधारभूत विद्यालयमा शौचालय र घेराबारा निर्माण गरि विद्यालयलाई हस्तान्तरण गरेको हो । राउण्डटेबल–१५ ले विद्यालयमा बहुवर्षे योजना अन्तर्गत एक करोड रुपैयाँ भन्दा बढीको लगानीमा भौतिक सामाग्री जुटाएर शौचालय र घेराबारा निर्माण गरि सोमबार एक कार्यक्रमकाबीच हस्तान्तर गरेको हो ।

निर्माण गरिएको शौचालय र बाउन्ड्री वालको राउण्ड टेबल नेपालका अध्यक्ष आनन्द बाहेती र रंगेली नगरपालिकाका उपमेयर भूमा पराजुलीले उद्घाटन गरेका हुन् ।