कोशी अस्पतालले फड्को मार्दै , ३५ शैयाको वेड सहित अर्थोस्कोपी सेवा सुरू

<span class='c1'>कोशी अस्पतालले फड्को मार्दै , ३५</span> <span class='c2'>शैयाको वेड सहित अर्थोस्कोपी सेवा सुरू</span>

विराटनगर । विराटनगरको कोशी अस्पतालमा दुरबिनबाट (अर्थोस्कोपी) सेवा सुरू भएको छ । अस्पतालको हाडजोर्नी विभागमा अर्थोस्कोपी सेवामार्फत घुँडाको शल्यक्रिया गरी बिरामीको उपचार सुरु भएको हो ।

अस्पतालका अर्थोपेडिक विभागका प्रमुख हाडजोर्नी तथा नाशारोग विशेषज्ञ डा.महेन्द्र प्रसाद महतो, अर्थोपेडिक सर्जन डा.रामकुमार यादवसहितको टोलीले दुरबिनका माध्यमबाट घुँडाभित्रको मांसपेशी, नशा तथा कुरकुरे हाडमा भएको समस्या, लिगामेन्ट च्यातिदिएकोे शल्यक्रिया गरी उपचार सुरु गरेका हुन् ।
आर्थोस्कोपी सेवामा दुरबिनको माध्यमबाट सानो प्वाल बनाएर जोर्नीभित्र अत्याधुनिक पद्दतिको प्रयोग गरी बिरामीको उपचार गरिन्छ । आर्थोस्कोपी सेवा सुरु भएसँगै ६ जना विरामीको दुरबिनबाट अर्थोस्कोपी प्रविधिबाट उपचार गरी विरामी डिस्चार्ज गरिसकेको अर्थोपेडिक सर्जन डा. रामकुमार यादवले बताए । अस्पतालको हाडजोर्नी विभागमा हुने उपचार सेवालाई बिस्तार गर्ने क्रममा अर्थोस्कोपी सेवा सुरु भएको हो । दुरबिनको माध्यमबाट गरिने अस्र्थोस्कोपीबाट गरिने शल्यक्रिया गरेको दुई दिनपछि विरामी डिस्चार्ज गरी घर पठाउन सकिने अस्पतालले जनाएको छ ।

अस्र्थोस्कोपीबाट आइतबार र बुधबार उपचार सेवा हुने गरेको अस्पतालले जनाएको छ । अर्थोपेडिक वार्ड ३५ शैयाको रहेको छ । अस्पतालको अर्थोपेडिक विभागमा ९ जना अर्थोपेडिक चिकित्सक कार्यरत छन् । आर्थोस्कोपी सेवा सञ्चालनका लागि आवश्यक पर्ने उपकरणहरु अत्याधुनिक रहेको कोशी अस्पतालका मेसु डा.यज्ञराज खरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्