विराटनगरमा भन्सार छली गरेको आशङ्कामा मोटर पार्टस बोकेको ट्याक्टर नियन्त्रणमा

<span class='c1'>विराटनगरमा भन्सार छली गरेको आशङ्कामा</span> <span class='c2'>मोटर पार्टस बोकेको ट्याक्टर नियन्त्रणमा</span>

विराटनगर । भन्सार छली गरेको आशङ्कामा प्रहरीले मोटर पार्टस बोकेको ट्याक्टर नियन्त्रणमा लिएको छ । प्रहरीले विराटनगर –१२ रोडशेस चोकबाट मङ्गलवार राती मोटर पार्टस बोकेको ट्याक्टर नियन्त्रणमा लिएको हो ।

भन्सार कार्यालयबाट जाँच पास भएर निस्किएको भारतीय नम्बर प्लेटको बिआर ७ के १७२४ नं। ट्याक्टरमा विभिन्न किसिमका मोटर पार्टस र ट्याक्टर नियन्त्रणमा लिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । प्रहरीले नियन्त्रणमा लिएको ट्याक्टर र सामानको मूल्य ३७ लाख बराबरको रहेको छ ।

 

३३ लाखको सामान र ४ लाखको ट्याक्टर मुल्याकान गरी प्रहरीले राजस्व कार्यालय पढाएको छ । प्रहरीले ट्याक्टर चालक भारत जिल्ला अरअरिया बस्ने २४ वर्षीय तलुवा मुर्मीलाई पनि नियन्त्रणमा लिएको छ । प्रहरीले बरामद गरेको ट्याक्टर, सामान र चालकलाई थप अनुसन्धानको लागि राजस्व कार्यालय इटहरी पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्