विराट मेघा भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा आयोजक

विराट मेघा भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा आयोजक

विराटनगर । विराट मेघा भेट्रान क्लब ‘बि’ विराटनगरमा जारी विराट मेघा भेट्रान्स फुटबल प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ ।

मंगलबार राति सहिद मैदानमा सम्पन्न खेलमा पाहुना टोली मधेस प्रदेशको लहान भेट्रान क्लबलाई टाइब्रेकरमा पराजित गर्दै आयोजक विराटले सेमीफाइनलको यात्रा तय गरेको हो । रोमान्चक बनेको खेलमा लाहानका लागि खेलको चौथो मिनेटमा तोयाराम भुजेलले गोल गर्दै अग्रता दिलाएका थिए । सुरुआती चरणमै गोल आत्मसात गरेर कमजोर देखिएको आयोजक विराट बी विरुद्ध लहानले खेलको १५ औं मिनेटमा दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाएको थियो ।

डि बक्सभित्र विराटका मोतीप्रसाद घिमिरेको हातमा बल लागेपछि पाएको पेनाल्टीमा लाहानका भुजेलले दोस्रो गोल गरेका थिए । पेनाल्टी प्रहारको ८ मिनेट नवित्तै खेलको २३ औं मिनेटमा कृष्ण शाक्यले आयोजक विराटका लागि आकर्षक गोल गरेर अन्तर कम बनाएका थिए ।
पहिलो हाफमा दुई एक गोलले पछि परेको विराटको खेल दोस्रो हाफमा लयमा रहेको थियो । खेलको ४७ औं मिनेटमा आयोजकका लागि कृष्णले पुनः दोस्रो गोल गरे । त्यसपछि निर्धारित समय सकिदाँसम्म दुवै टोली समान दुई गोलको बराबरीमा रहे ।

निर्धारित समयसम्म बराबरीमा खेल टुंगिएपछि म्याच कमिश्नर ओम प्रकाश मास्कले टाइब्रेकरबाट निणर्य भएको जानकारी दिए । सो क्रममा घरेलु टोली विराटका लागि कृष्ण शाक्य, शेरबहादुर थापा, अरुण लामा र गोलरक्षक प्रकाश मल्लले गोल गरेका थिए । विराटका महानन्द राजवंशीको प्रहार भने खेर गएको थियो । अर्कोतर्फ, लाहानका लागि तोयाराम भुजेल, देउमान लिम्बू, र अमिर लामाले गोल गरेका थिए । लाहानका दिपेन गिरी र लोकबहादुर आलेको प्रहार भने खरे गएको थियो ।

यससंगै जित हात पारेको आयोजक विराट बी ले बिहीबार हुने प्रतियोगिताको पहिलो सेमीफाइनलमा मोरंगको सिद्राह भेट्रान क्लबसंग स्पर्धा गर्ने प्रतियोगिता संयोजक बसन्त राज अर्यालले जानकारी दिए । उनका अनुसार बुधबारको खेलमा हाटखोला भेट्रानले मोरंगको जहदाँ भेट्रान क्लबसंग प्रतिस्पर्धा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्