विराटनगर । नोबेल मेडिकल कलेजको दोस्रो तलाबाट खसेर एक जना बिरामीको गम्भीर घाईते भएका छन् ।
झापा गौरीगञ्ज गाउँपालिका–६ का २९ वर्षीय आशिष लुइँटेल अस्पतालको दोस्रो तलाबाट खसेका हुन् ।
उनी मानसिक समस्याको उपचार गराइरहेका थिए । उपचारका लागि भदौ १० गते अस्पताल भर्ना गरिएको थियो । आफन्तसँगै रहेका उनी अस्पतालको दोस्रो तलाको झ्यालबाट बुधबार बिहान खसेका हुन् ।
टाउको, निधार लगायत विभिन्न भाग चोट लागेकका उनको नोबेलमै उपचार भईरहेको प्रहरीले जनाएको छ ।
घटना बारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।