विराटनगरको गायत्री संस्कृत मा.वि.मा ‘सेटिङ परीक्षा’ बाट करार शिक्षक र कर्मचारी छनौट

<span class='c1'>विराटनगरको गायत्री संस्कृत मा.वि.मा ‘सेटिङ परीक्षा’</span> <span class='c2'>बाट करार शिक्षक र कर्मचारी छनौट</span>

विराटनगर । गायत्री संस्कृत माध्यमिक विद्यालय विराटनगर–७ मा दुई शिक्षक, कार्यालय सहयोगी र सफाई कर्मचारी नियुक्तिमा मिलेमतो गरिएको आरोप लागेको छ । विद्यालय व्यवस्थापन समितिले करार सेवामा अंग्रेजी र विज्ञान विषयका शिक्षक, कार्यालय सहयोगी र कुचिकार पदमा सार्वजानिक सुचना जारी गर्दै आवेदन माग गरेर मिलेमतोमा छनौट गरेको आरोप लगाइएको हो ।

स्थानीय सञ्चारमाध्यममा शिक्षक तथा कर्मचारी आवश्यकतासँग सम्बन्धित सूचना सार्वजानिक गरिएको थियो । विराटनगर महानगरपालिकाले विद्यालयलाई पाँचलाख रुपैँया बजेट बिनियोजन गरेको थियो । त्यहि रकमबाट कक्षा ५ सम्म अग्रेजीमाध्यमको कक्षा सञ्चालन गर्न अग्रेजी शिक्षक र विज्ञान विषयका लागि आंशिक शिक्षकको पदपूर्ति गर्न आवेदन माग गरिएको थियो ।
विद्यालयका प्राचार्य चुडामणी नेपालले प्रक्रिया पूरा गरेर शिक्षक तथा कर्मचारी भर्ना गरिएको जानकारी दिनुभयो । साउन २५ गते माग गरिएको आवेदन अग्रेजीमा दुईजनाको आवेदन परेकोमा पुजा पराजुली छनौट हुनु भएको छ । विज्ञानमा एकजना मात्रैको आवेदन परेकोले पुण्य पौडेल छनौट हुनु भएको छ ।

भदौ ११ गते लिइएको परीक्षामा कार्यालय सहयोगीतर्फ ६ जनाको आवेदन परेकोको थियो । जसमध्ये ४ जना परीक्षामा सामेल भएका थिए । प्राचार्य नेपालका अनुसार नरमाया दाहाल सबैभन्दा योग्य देखिएपछि छनौटमा पर्नु भएको छ । यसैगरी कुचिकारतर्फ गंगा पौडेल छनौट हुनु भएको छ । शिक्षक तथा कर्मचारी नियुक्तिका लागि प्राचार्य र विद्यालय व्यवस्थापन समितिसँग आवेदकले पहिल्यै सेटिङ गरिसकेको हल्ला परीक्षा अगावै हल्ला चलेको थियो । त्यसका आधारमा छनौटमा नपरेका आकांक्षीहरुले मिलेमतो भएको आरोप लगाएका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश पोखरेलले छनौट भएकाहरुसँग आफ्नो कुनै सम्बन्ध नरहेको दावी गर्नुभयो । आफन्त वा छिमेकीहरुले गरिएको आग्रहलाई वेवास्ता गर्दै अन्य विद्यालयबाट विज्ञ शिक्षकमार्फत परीक्षा सञ्चालन गरिएको पोखरेलको दावी छ । गायत्रीमा शिक्षक छनौटका लागि लिइएको परीक्षाका लागि जनपथ मा.वि.का हरी पराजुली र अंग्रेजी शिक्षक इन्द्र चौहान खटिनु भएको थियो । अध्यक्ष पोखरेलले विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न असर नपर्ने गरी शिक्षक तथा कर्मचारीको परीक्षा लिएर छनौट गरिएको बताउनुभयो ।
गायत्रीमा हाल ३१० जना विद्यार्थी रहेका छन् । कक्षा ४ सम्म अग्रेजीमाध्यमको पढाई भईरहेको छ । कक्षा ५ मा अग्रेजीमाध्यमको पढाई सञ्चालन गर्नका लागि वडा कार्यालयले पाँचलाख रुपैँया बजेट बिनियोजन गरेको हो । विज्ञापनमा महिला र स्थानीयलाई प्राथमिकतामा दिईने शर्त राखिएको थियो । नियुक्त अग्रेजी शिक्षकले मासिक १५ हजार र विज्ञान शिक्षकले नौ हजार रुपैँया पाउने छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्