विराटनगरस्थित कोसी अस्पतालको मेसुमा डाक्टर यादव

विराटनगरस्थित कोसी अस्पतालको मेसुमा डाक्टर यादव

विराटनगर । कोसी अस्पताल विराटनगरको मेडिकल सुपरिटेन्डेन्टमा डा.लक्ष्मीनारायण यादव नियुक्त भएका छन् । छ महिना अगाडी निमित्त मेसुको जिम्मेवारी पाएका डा.यज्ञराज खरेललाई अस्पतालमै कार्यरत राख्दै यादवलाई जिम्मेवारी तोकिएको हो ।

कोशीमा ४ फागुनदेखि डा. यज्ञ खरेलले निमित्त मेसुको जिम्मेवारीमा थिए । यादवलाई मेसुको जिम्मेवारी तोकेर खरेललाई कोसीमै कार्यरत रहन भनिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छ महिनामै मेसु फेर्दै कोसीमा यादवलाई नियुक्त गरेको हो ।

मेसुको जिम्मेवारी पाएका डा. यादव १० औँ तहका चिकित्सक हुन् । अस्पतालमा ११ औँ तहमा मेसुको दरबन्दी छ । अस्पतालका वरिष्ठ कन्सलटेण्ड फिजिसियन चिकित्सक यादवलाई बुधबार जिम्मेवारी दिइएको हो । यादव र खरेल दसौँ तहका हुन् । यादव २०७१ सालदेखि कोसीमा कार्यरत छन् ।

२०५८ सालमा लोकसेवाबाट नाम निकालेपछि धनुषाको प्राथमिक स्वास्थ्य चौकी, झापाको मेची अस्पतालमा सेवा गरेका थिए । वीर हस्पिटलको नेम्सबाट २०६६ सालमा एमडी गरेपछि पुनः मेची अस्पताल हुँदै यादवले २०७१ सालदेखि कोसीमा थिए ।
सेवाग्राहीप्रति नम्र व्यवहार गर्ने यादव समस्या लिएर पुग्दा सहजै भेटिने चिकित्सकमा पर्दछन् । कोभिड–१९ संक्रमणको बेला समेत उनले विशेष जिम्मेवारी लिएर बिरामीको सेवामा खटिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्