नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि मोरङबाट ४५८ खेलाडी छनौट

<span class='c1'>नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि</span> <span class='c2'>मोरङबाट ४५८ खेलाडी छनौट</span>

विराटनगर । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुन मोरङ जिल्लाबाट ४५८ खेलाडी छनौट भएका छन् ।

आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा मोरङबाट २७ खेल विधाका लागि खेलाडी छनौट भएका हुन् ।

जिल्लामा छनौट भएका खेलाडीले प्रदेशस्तरीय छनौट प्रतियोगितामा सहभागी हुनुपर्नेछ । यहि भदौ २४ गते देखि हुने प्रदेश १ छनौट प्रतियोगितामा सहभागी हुनेछन्। मोरङको सुन्दरहरैंचा, बेलबारी, बुढीगंगा र विराटनगर पालिकहरुमा छनोट सम्पन्न भएको जानकारी मोरङ जिल्ला खेलुकुद विकास समितिका कार्यालय प्रमुख राजन कुमार पोखरेलले जानकारी दिएका छन्।

छनौट भएका खेलाडीहरुलाई जिल्ला खेलकुद बिकास समितिले बन्द प्रशिक्षणमा नराखेपनि सम्बन्धित खेलका संघहरु र स्वयम् सेवक प्रशिक्षकहरुको सक्रियतामा प्रशिक्षण भने जारी रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्