नेपाल बैंक लिमिटेड विराटनगर शाखाद्वारा कुर्सी वितरण

<span class='c1'>नेपाल बैंक लिमिटेड विराटनगर</span> <span class='c2'>शाखाद्वारा कुर्सी वितरण</span>

विराटनगर । नेपाल बैंक लिमिटेड प्रादेशिक कार्यालय नम्बर १ विराटनगर अन्तर्गत पर्ने सिटी अफिस विराटनगर शाखाले कुर्सी वितरण गरेको छ।

बैंकले हरितालिका तीजको अवसरमा विराटनगर महानगरपालिका ७ हस्पिटलचोकस्थित गणेश मन्दिरमा एक कार्यक्रम आयोजना गरी मन्दिर व्यवस्थापनका लागि १०० थान कुर्शी वितरण गरेको हो । बैंकका प्रादेशिक कार्यालय प्रमुख, मुख्य प्रबन्धक सूर्यप्रकाश भट्टले मन्दिर व्यवस्थापन र सञ्चालन समितिका अध्यक्ष गिता पोखरेललाई सामग्री र कदर पत्र समेत हस्तान्तरण गरेका थिए ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना गरिएको उक्त कार्यक्रम सिटी अफिस विराटनगर शाखाका शाखा प्रबन्धक डम्मर बहादुर भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रादेशिक कार्यालय प्रमुख भट्टले नेपाल बैंक लिमिटेडले देशभरी संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बिभिन्न क्षेत्रमा सहयोग गर्दै आएकोमा, हिन्दुहरुको महान चाड हरितालिका तीजको अवसरमा विराटनगरको प्राचिन र प्रख्यात गणेश मन्दिर व्यवस्थापनका लागि थोरै भएपनि सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे ।

उक्त कार्यक्रमको सञ्चालन विराटनगरका सहायक प्रबन्धक शिव श्रेष्ठले गरेका थिए । उक्त कार्यक्रममा गणेश मन्दिर व्यवस्थापन समितिका उच्च पदाधिकारीहरु विराटनगर शाखाका शाखा प्रबन्धक डम्मर बहादुर भण्डारी र सहायक शाखा प्रबन्धक सचिनचन्द्र कर्णले समेत मन्तव्य राखेका थिए ।

कार्यक्रममा हरितालिका तीज मनाउन पाल्नुभएका भक्तजनहरु, मन्दिर व्यवस्थापन समितिका उच्च पदाधिकारीहरु, बजारअड्डा शाखाका शाखा प्रबन्धक प्रकाश घिमिरेसहित १०० जनाको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्