गैर सरकारी महासंघका मोरङ अध्यक्ष ढकालमाथि अनुसन्धान गर्न पाँच दिनको म्याद थप

<span class='c1'>गैर सरकारी महासंघका मोरङ अध्यक्ष ढकालमाथि</span> <span class='c2'>अनुसन्धान गर्न पाँच दिनको म्याद थप</span>

विराटनगर । गैर सरकारी संस्था महासंघ–नेपाल, मोरङका अध्यक्ष राजेन्द्रप्रसाद ढकाल विरुद्ध प्रहरीले अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरेको छ ।

बुधबार पक्राउ परेका ढकाल विरुद्ध बालयौन दुव्र्यवहार र अप्राकृतिक मैथुन आरोपमा अनुसन्धानका लागि बिहीबार मोरङ जिल्ला अदालतबाट म्याद थप गरिएको हो ।

ढकालले एकजना १३ वर्षीय बालकमाथि यौन दुव्र्यवहार तथा अप्राकृति मैथुन गरेको भन्दै पीडितले किटानी जाहेरी दिएका थिए । उक्त घटनापछि गैर सरकारी संस्था महासंघ मोरङसहित अन्य विभिन्न १८ संस्थाले ध्यानाकर्षण भएको भन्दै तत्काल अध्यक्ष पदबाट निलम्बन गर्न माग गरिएको थियो ।

बिहीबार एक विज्ञप्ती प्रकाशित गर्दै ढकाल विरुद्ध परेको जाहेरीका आधारमा अनुसन्धान गरि दोषी ठहर भए कडा भन्दा कडा सजाय हुनुपर्ने माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्