विराटनगरमा टाटासुमो चोरेर भाग्दै गर्दा दुर्घटना

<span class='c1'>विराटनगरमा टाटासुमो चोरेर</span> <span class='c2'>भाग्दै गर्दा दुर्घटना</span>

विराटनगर । लागुऔषधको नशामा लठ्ठ भएर टाटा सुमो चोरेर भाग्दै गर्दा विराटनगरमा दुर्घटनामा परेको छ ।

विराटनगर–३ भट्टा चोकबाट को १ च ९४६७ नम्बरको टाटासुमो चोरेर भाग्ने क्रममा विराटनगर–२ तीनपैनी चोकबाट एक सय मिटर दक्षिणमा मेरिल्याण्ड कलेजको बससँग ठोकिएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठका अनुसार सुनसरीको बर्जु–२ का २५ वर्षीय अरुण चौधरी घटनामा संलग्न आरोपमा पक्राउ परेका छन् । उनले टाटासुमो चोरेर भाग्दै गर्दा बिहीबार दुर्घटना भएको थियो ।

उनी लागुऔषध प्रयोगकर्ता भएको खुलेको छ । नशामा रहेकै बेला उनले टाटासुमो चोरेर भागेका थिए । मेरिल्याण्ड कलेजको नयाँ बसमा ठोकिएपछि उनी प्रहरी नियन्त्रणमा परेका हुन् । २५ वर्षीय चौधरीले आफ्नो नाम समेत यकिन बनाउने गरेका छैनन् । प्रहरी नियन्त्रणमा रहेका उनीमाथि थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्