विराटनगर । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रदेश-१ का नेपाली कांग्रेस सभापति उद्धव थापाले उम्मेदवार नहुने बताएका छन् ।
झापा निवासी थापा कांग्रेस नेता कृष्णप्रसाद सिटौला निकट हुन् । उनको नाम झापा- २ बाट चर्चामा थियो ।
'प्रतिनिधि सभा र प्रदेश सभामा उम्मेदवारी दिने मेरो कुनै चाहना छैन' थापाले भने, 'गठबन्धनका उम्मेदवार जिताउँन लाग्छु, म लड्दिन ।'
थापाले कांग्रेस नेता गुरुराज घिमिरेलाई प्रदेश अध्यक्षमा २ मतले हराएका थिए। राजिव कोइराला प्रतिनिधिसभा तर्फ अग्रसर भएको बेला थापालाई कांग्रेसको तर्फबाट भावी मुख्यमन्त्रीका रुपमा हेरिएको थियो।
फोटो:फाइल