उदयपुरकाे स्वास्थ्यचौकीमा पानीको अभाव

उदयपुरकाे स्वास्थ्यचौकीमा पानीको अभाव

उदयपुर । उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–४ माल्वासे स्वास्थ्यचौकीमा सात वर्षदेखि पानीको अभाव हुँदा त्यहाँ कार्यरत कर्मचारी शौच गर्न आफ्ना घरतिर वा अन्यत्र जान बाध्य हुँदै आएका छन् ।

कार्यालय समयमा शौच गर्नु प¥यो भने पर रहेको घर वा अन्यत्र जानुपर्ने बाध्यता रहेको कार्यालय सहयोगी रमेश सार्कीे बताउँनुहुन्छ । अहिले स्वास्थ्यचौकीमा अनमीद्वय रिता बराल, विष्णुकुमारी राईलगायत आधा दर्जन कर्मचारीले यस्तो समस्या भोग्दै आएका छन् ।

अनमी रिता भन्नुहुन्छ, “आकाशबाट पानी प¥यो भने मात्र आफूहरुलाई स्वास्थ्यचौकीकै शौचालयमा शौच गर्ने अवसर मिल्छ नत्र सधैँ घरै पुग्नुपर्ने बाध्यता छ ।” आकाशे पानीलाई धुरीको जस्ताबाट बलेसीमा झर्ने अनी पानी पाइपबाट सङ्कलन गरी तल रहेको ट्याङ्कीमा जम्मा गर्ने गरिएका कारण पानी परेका बेला मात्र स्वास्थ्यचौकीमा शौच गर्न सहज भएको स्वास्थ्यचौकीका कर्मचारी बताउँछन् ।

“त्यहीँ छानाबाट झरेको पानी उमालेर पिउँछौँ र बाँकी रहेको शौचालयमा प्रयोग गर्छौं, पानीको अभावमा काकाकूल जीवन बिताइरहेको कर्मचारी भन्छन्, “पानी नियमित पर्दैन जुन दिनुपर्छ त्यो दिन ट्याङ्की भरिन्छ, त्यसले जति धान्छ प्रयोग गर्ने र पानी सकिएपछि गाउँघरतर्फ जाने गरेका छौँ ।”

आठ÷नौ वर्षअघि पाइपबाट ल्याएको पानी स्वास्थ्यचौकी माथि रहेको गाउँमा नै खपत हुने भएकाले यहाँ पानीको समस्या भएको स्वास्थ्यचौकीका अनमी बराल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “जमिनमाथि पाइप बिछ्याएर पानी ल्याइएको छ, गाउँमा नै पानी अभाव छ, धेरै पानी गाउँलेले नै प्रयोग गर्दछन्, बीचबीचमा बाटो हिँड्ने र पशुचौपाया चराउन जङ्गल जानेले पाइप नै काटेर स्वास्थ्यचौकीमा पानी नआउने बनाएका छन् ।”

स्वास्थ्यचौकीमा पानीको पाइप मर्मतका लागि बजेट नभएको र सम्बन्धित निकायलाई जानकारी गराउँदा बेवास्ता हुने गरेका कारण लामो समयदेखि स्वास्थ्यचौकीका कर्मचारी र उपचारमा आउने बिरामीले पनि पानीको समस्या, झेलिरहन बाध्य हुनुपरेको स्वास्थ्यचौकीका कर्मचारीको गुनासो छ ।
यस विषयमा गाउँपालिकाका अध्यक्ष वीरेन्द्रकुमार मगर भन्नुहुन्छ, “स्वास्थ्यचौकी जस्तो संवेदनशील ठाउँमा पानी नहुनु अत्यन्तै दुःखद् हो, हामी यो समस्या समाधान गर्छोैँ ।” वडाध्यक्ष रविन्द्र खत्रीले आफ्नो कार्यकालमा वडाभित्र पानीको समस्या हुन नदिने र छिटै समस्या समाधान गरिने बताउनुहुन्छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्