पीडामाथि पीडा सहँदै विराटनगर–१४ की सरस्वतीदेवी : श्रीमानसँग मानाचामल, छोरीसँग वियोग

<span class='c1'>पीडामाथि पीडा सहँदै विराटनगर–१४ की सरस्वतीदेवी</span> <span class='c2'>: श्रीमानसँग मानाचामल, छोरीसँग वियोग</span>

विराटनगर । विवाह गरेर आएको एघार वर्षपछि श्रीमान्ले अर्की विवाह गरे । विराटनगर–१४ की सरस्वतीदेवी यादव आफ्नै श्रीमान् सन्जयकुमार यादव विरुद्ध बहुविवाह कसुरमा मुद्दा लडिरहेकी छिन् । प्रहरीका हवल्दार यादवले दोस्रो विवाह गरेपछि सरस्वती र तीन छोरीहरुको हेरचाह गरेका छैनन् ।

पीडा दिएर गएका श्रीमान् विरुद्ध बहुविवाह र मानाचामलको मुद्दा उच्च अदालत विराटनगरमा विचराधीनमा छ । उनी त्यसको कानुनी लडाँईसँगै उनैबाट जन्मिएका तीन छोरीको लालनपालन मजदुरी गरेर गर्दै आएकी थिइन् । तीन छोरी विद्यालय जान्थे, उनी मजदुरी गर्न फ्याक्ट्रीमा ।

पीडासँग गुज्रिएका दिनहरु बित्दै थिए । सरस्वतीकी १४ वर्षीया जेठि छोरी आशिकाले गत असार २२ गते मृत्युको बाटो रोजिन् । छोरीले एकाएक आत्माहत्याको बाटो रोजेपछि श्रीमान्सँगको मानाचामलसँगै छोरीको बियोगमा छट्पटाई रहेकी छिन् ।

लामो समयसम्म उनी केहि गर्नसक्ने अवस्थामा रहिनन् । तर, छोरीले आत्माहत्याको बाटो रोज्नु पर्ने कारण खोज्न मन लाग्यो । श्री बालमाध्यमिक विद्यालयमा कक्षा ८ मा पढ्ने छोरीसँग घटनासँग जोडिएका केहि कारण हुनसक्छन् भनेर उनी त्यहाँ पुगिन् । पुग्दा छोरीसँगै पढ्ने केहि बालिकाहरुले उनीमाथि दवाव र प्रभावमा यौनदुव्र्यवहार हुने गरेको र भिडिओ बनाएर बार्गेनिङ्ग भईरहेको जानकारी दिए ।
विद्यालयमा रहेका छोरीका साथिमध्ये एकजनाले उनी पीडामा परेको सुनाइन् । र, आफुले समेत केहि घटना देखेको बताइन् । विराटनगर–१४ का तीनजनाले आशिकालाई काबुमा राखेर दुव्र्यवहार गर्ने र भिडिओ बनाएर कसैलाई बताए सार्वजानिक गर्ने गरेको खुलेको थियो । विद्यालयमा पुगेर बुझेको विषयका बारेमा सरस्वतीलाई उनकी छोरीले भनेका केहि कुराले झसङ्ग बनायो ।

घटना भएकी दिन असार २२ गते उनको छोरीलाई मोवायलमा मिसकल आएको थियो । मिसकल गर्ने व्यक्तिका बारेमा सोध्दा छोरीले तीनजना भएर मलाई बाटो छेक्छन् भनेकी थिइन् । त्यहि दिन उनले विराटनगर–१४ मा ती युवाहरुको घरमा गएर अभिभावकलाई सुनाइन् । छोरीलाई घर पठाएर उनी विराटनगर–१४ महतोटोलमा गएर फर्कदा घटना भईसकेको थियो ।

सरस्वतीले लामो समय लगाएर छोरीमाथि दुव्र्यवहार गर्ने विरुद्ध किटानी जाहेरी दिएकी छिन् । त्यसका आधारमा भदौ १२ गते प्रहरीले विराटनगर–१४ का राहुल महतोलाई नियन्त्रणमा लिएर आत्माहत्या दुरुत्साहन मुद्दामा म्याद थप गरि अनुसन्धान सुरु गरेको छ । तर, अहिले पनि बाँकी दुईजना संलग्न भनिएका युवाहरुलाई प्रहरीले पक्राउ नगरेको भन्दै सरस्वतीले विभिन्न निकायमा सहयोग मागिरहेकी छिन् ।
सरस्वती यादवको भनाई
म विराटनगर–१४ निवासी सरस्वतीदेवी यादव गत असार २२ गते मेरी छोरी १४ वर्षीया आशिका यादवले आत्माहत्या गरेपछि पीडामा दिनहरु बिताई रहेकी छु । मेरा श्रीमान् सन्जयकुमार यादव पूर्व प्रहरी हवल्दार हुन् । उनले दोस्रो विवाह गरेर विराटनगर–१४ मा घर बनाएर बसेका छन् । मेरो उनीसँग बहुविवाह मुद्दा उच्च अदालत विराटनगरमा चलिरहेको छ । छोरीले आत्माहत्या गरेको खबर थाहा पाउँदा समेत उनी आएनन् । २०७४ सालमा अर्को विवाह गरेका हुन् । बहुविवाह र मानाचामलको मुद्दा विचराधीन छ ।
मसँग दैनिक जीवनयापन गर्ने अवस्था पनि कमजोर छ । सामान्य मजदुरी गरेर तीन छोरी हुर्काइरहेकी थिएँ । त्यतिकैमा श्री बाल माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत छोरी आशिकाले घरमै आत्माहत्या गरिन् । आत्माहत्या गर्नुको कारण लामोसमय पछि खुल्यो ।
विद्यालय जाने आउने क्रममा विराटनगर–१४ का राहुल महतो, अमन महतो र सचिन महतो नाम गरेका केटाहरुले मेरी छोरीलाई जोरजर्बरजस्ती गरेर छेक्ने र दुव्र्यवहार गर्ने गरेको छोरीका साथिहरुले बताएका छन् । घटनाकै दिन छोरी र म, प्रादेशिक बिद्युत कार्यालय नजिकै सिटीमा बसेर घर गईरहेको बेला तीनजना भनिएकामध्ये सचिन महतो नाम गरेका केटाले छोरीको मोवायलमा फोन गरेका थिए । मैले उनलाई कसको फोन भनेर सोध्दा–‘मलाई तीनजना केटाले बाटो छेक्छन्’ भनेर छोरीले भनिन् । लगतै मैले सिटी सफारीबाट झरेर ती केटाहरु को हुन् भन्दा उनीहरु नजिकै रहेको एउटा होटल छेउमा थिए । त्यसपछि मैले–किन मिस कल गरिस्, तेरो घरमा छोरीचेली छैनन् ? भनेर गाली गरें र सचिन महतोको घरमा गएर उनीहरुको बुबाआमालाई भने । त्यसक्रममा सचिनको बुवाले उनलाई एक झापड समेत हाने । म महतोको घरतिर लागेपछि छोरीलाई सिटी चढाएर घर जाँदै गर भनेर पठाएको थिएँ ।
छोरीमाथि नराम्रो व्यवहार भयो भनेर महतोटोल पुगेर फर्कने क्रममा बाटोमा रहेको होटलका सञ्चालकले मलाई गालीगलौज गर्दै केहिबेर रोके । केहिबेर घेरेपछि त्यहाँबाट हिँडे । घर पुग्दा छोरीले आत्माहत्या गरिसकेकी थिइन् । मैले मेरो संसार टुटे जस्तो लागेर केहि बोल्न नसक्ने भए ।
लामो समयसम्म छोरीको मृत्यु बारे सोच्दासोच्दै थाकिसकेको छु । त्यतिकैमा विद्यालयमा गएर छोरीका साथिहरुसँग बुझ्न मन लागो । बुझ्दा उल्लेखित केटाहरुले बारम्बार छोरीमाथि यौन दुव्र्यवहार गरेर भिडिओ बनाएको भन्ने कुरा आयो । विद्यालय जाने छोरीलाई बाटोमा छेक्ने र दुव्र्यवहार गर्ने, विद्यालय जान नदिने, विद्यालयबाट फर्कदा (माथि मलाई घेर्ने सञ्चालक) होटलमा लिएर त्यहाँ दुव्र्यवहार गर्ने र भिडिओ बनाउने गरेको खुल्न आयो । त्यसपछि मैले घटनाक्रमलाई केलाउँदै भदौको पहिलो हप्ता इलाका प्रहरी कार्यालय रानीमा तीनजना विरुद्ध किटानी जाहेरी दिए । प्रहरीले भदौ १२ गते उल्लेखित संलग्न भनिएकामध्ये १८ वर्षीय राहुल महतोलाई पक्राउ गरेको छ । उनीमाथि अनुसन्धान भईरहेको बताउँदै आएको प्रहरीले बाँकी संलग्न भनिएका दुईजनालाई अहिलेसम्म पक्राउ गरेको छैन ।
सामान्य परिवारको महिला त्यसमा पनि श्रीमान् समेत सँगै छैनन् । श्रीमान् नभएसँगै विवाह गरेर आएको घरपरिवारसँग मेरो आउजाउ छैन । सहयोग आदानप्रदान पनि छैन । मलाई छोरीको मृत्युले पीडामा बाँच्नु परेको छ । यस्तो अवस्थामा मलाई न्यायका लागि पत्रकार, मानवअधिकारकर्मी, कानुन व्यवसायी र तमाम पक्षको सहयोग चाहिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्