विराटनगर इन्टरनेसनल कलेजका बिद्यार्थीले देखाए बिभिन्न बिजनेसका प्रदर्शनी

<span class='c1'>विराटनगर इन्टरनेसनल कलेजका बिद्यार्थीले</span> <span class='c2'>देखाए बिभिन्न बिजनेसका प्रदर्शनी</span>

बेलायतको व्लभरह्याम्टन विश्वविद्यालयको सहकार्यमा संचालित विराटनगर इन्टरनेसनल कलेजमा "एक्सपीरियन्स फेयर" आयोजना भएको छ ।

कलेजमा शुक्रबार आयोजना गरिएको कार्यक्रममा कलेजका नयाँ भर्ना भएका बिद्यार्थीले आफ्नो २ महिने प्रि-युनिभर्सिटी कक्षा पश्च्यात बिभिन्न बिजनेस सामग्री तयार पारेर अवलोकनकर्ताहरुलाई आफ्नो आइडिया प्रस्तुत गरेका थिए । काठमाण्डौ स्थित आइएनजी स्किल एकेडेमीको सहकार्यमा उक्त कोर्ष संचालन गरिएको थियो ।

बिद्यार्थीहरुले आफ्नो बिजनेस आइडियामा नेपाली ढाकाको स्टल, तराइमा लोकप्रिय खानेकुरा बगियाको स्टल लगायतका स्टल प्रस्तुत गरेको कलेजका प्रमुख कार्यकारी डा. ऋषिकेश वाग्लेले जानकारी दिए ।

कार्यक्रममा बिद्यार्थीहरुले अन्य बिभिन्न बिजनेस स्टलका साथै बिभिन्न मनोरञ्जनका कार्यक्रम पनि संचालन गरेका थिए ।

कलेजमा इन्टरनेशनल बिजनेस म्यानेजमेन्ट र इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट पढिरहेका बिद्यार्थी, तिनका अभिभावक, सामाजिक व्यक्तित्व लगायतको कार्यक्रममा उपस्तिथी रहेको थियो ।

बिराटनगर इन्टरनेशनल कलेजमा इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट सहित बिगत ८ वर्षदेखि इन्टरनेशनल बिजनेस म्यानेजमेन्ट (बिआइबिएम) र बिगत २ बर्ष देखि इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट पढाइ हुदै आएको छ ।

इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा संचालित यस कलेजले विदेश नै गएर ठुलो लगानीमा अन्तरास्ट्रिय शिक्षा लिनुपर्ने बाध्यतालाई चिर्दै नेपालमै बेलायतका कोर्ष सर्वसुलभ खर्चमा पढाउदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्