विराटनगरको बरगाछीबाट अवैध कपडा बरामद

<span class='c1'>विराटनगरको बरगाछीबाट अवैध</span> <span class='c2'>कपडा बरामद</span>

विराटनगर । विराटनगरबाट प्रहरीले करिब साढे तीन लाख मूल्य बराबरको अवैध कपडा बरामद गरेको छ ।

बिहिबार राति करिब ७ बजे विराटनगर–४ स्थित बरगाछी चोकबाट प्रहरीले ३ लाख ४५ हजार पाँच सय ८० रुपैयाँ बराबरको विल नभएको कपडा बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङ तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङबाट संयुक्त रूपमा खटिएको चेकिङ टोलीले चेकचाज गर्ने क्रममा कपडा बरामद गरेको हो ।

उक्त बरामद गरेको कपडा आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरी बुझाइएको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्