नेपाली कांग्रेसबाट प्रदेश सांसदमा सिफारिस २७ बर्षिय बिरेन्द्र कुमार साह को हुन ?

<span class='c1'>नेपाली कांग्रेसबाट प्रदेश सांसदमा सिफारिस २७ बर्षिय</span> <span class='c2'>बिरेन्द्र कुमार साह को हुन ?</span>

विराटनगर । नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर–२ (ख) प्रदेशको बैठकबाट प्रदेश सांसद सामानुपातिक तर्फ मोरङ जिल्लाका सबै भन्दा कान्छो जिल्ला सदस्य बिरेन्द्र कुमार शाहको नाम सिफारिस भएको छ।

बुधबार बसेको नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर-२(ख) प्रदेशको बैठकबाट प्रदेश सांसद सामानुपातिक तर्फ शाहको नाम सिफारीस भएको हो।

साह नेपाली कांग्रेसमा लामो समय देखि आबद्ध भई राजनिती गर्दै आईरहेका छन्। कांग्रेसको १४ औं महाधिवेशनबाट मोरङ जिल्लाको जिल्ला सदस्यमा लोकप्रिय मत हाशिल गरी निवार्चित भएको थियो। उनी मोरङ जिल्लाको सबै भन्दा कान्छो जिल्ला सदस्य हुन्।

को हुन्न बिरेन्द्र कुमार साह?

वि.सं २०५२ साल चैत्र २२ गते मोरङको साविक अमरदह गाबिस वडा नम्बर २ सुगामा जन्मेका विरेन्द्र कक्षा ६ देखि नै नेपाली कांग्रेसको राजनीतिमा सक्रीय रहेका छन्।

प्रखर बक्ताका रुपमा सानैदेखि आफ्नो छबि बनाएका बीरेन्द्रलाई नेपालि काँग्रेसका नेताहरुले अमरदह स्थित श्री बीरेन्द्र सार्वजानिक मा.वि. को ने.वि.संघ सचिबमा मनोनित गरेका थिए। उनी त्यतीबेला हसन्दह बाल क्लबका अध्यक्ष रहेका थिए।

सानै उमेर देखि सामाजिक कार्यमा सक्रिय रहेका विरेन्द्र नेबिसंघमा रहँदा बिद्यार्थिहरुको असल नेताको रुपमा आफ्नो छबि बनाउन सफल भए। आफु स्कुलमा पढ्दा पनि क्याम्पस पढ्ने बिद्यार्थीहरुको समस्या समाधान गरेको बिरेन्द्रले सुनाए।

उनी कक्षा ८ मा पढ्दा नेविसंघ मोरङ क्षेत्र २ को क्षेत्रीय सचिवमा समेत निर्वाचित भएका थिए। आफ्नो विचार राख्ने कुशलता र भाषणकलाले लोकप्रियता पाएका विरेन्द्र कक्षा ९ मा पढ्दा नेपालि काँग्रेस अमरदहको क्रियासिल सदस्यको मान्यता पाए।

किशोरा अवस्था देखि नै पार्टीको क्रियासिल सदस्यता पाएका विरेन्द्र कक्षा १० मा पढ्दा नेपालि काँग्रेस अमरदह गाबिसको सह–सचिबमा मनोनित भए। नेता तथा कार्यकर्ताबीच लोकप्रिय रहेका विरेन्द्र स्थानिय राजनीतिमा आफ्नो प्रभाव जमाउन सफल भए। उनी सह–सचिब भएपनि सचिब सरह नै हरेक कार्यक्रम संचालन गर्थे।

तत्कालिन अमरदह गाविस सुनवर्षी नगरपालिकामा परिणत भएपश्चात नगर सचिव भएर कार्य गरेको विरेन्द्रले बताए। हाल उनी दर्जनौं संघ–संस्थामा आबद्ध रहेका छन्।

बिराटनगरलाई केन्द्र बनाएका विरेन्द्र पत्रकारिकता संगै राजनीति र समाज सेवामा समेत सकृय रहेका छन्। कोमल मन भएका विरेन्द्र समाज सेवामा समर्पित रहेका छन्।

सहयोगी भावना र समाजका लागि केही गर्ने दृढ इच्छा शक्ति भएकाले नै उनी समस्यामा परेकाहरुलाई यथा सम्भव सहयोग गर्दै आइ रहेका छन्। आफ्नो गाउँ क्षेत्र वाहेक बाहिरी जिल्ला र प्रदेशकाहरुलाई समेत विरेन्द्रले सहयोग गरेका उनका निकटतम साथीहरुले बताए।

कोरोना महामारिको विषम परिस्थितीमा समेत आफ्नो ज्यानको प्रवाह नगरी समस्यामा परेकाहरुलाई साहले सहयोग गरेका छन्। उनले लकडाउन अवधिमा मात्र नभई अन्य समयमा समेत स्वास्थ्य समस्या भएकाहरुको लगि एम्बुलेन्स व्यवस्थापन देखि अस्पताल भर्ना, रगतको व्यवस्था, चिकित्सक परामर्श सहितको कार्यमा आफ्नो तत्परता देखाउँदै आइ रहेको छ।

उनले उपचारको लागि आर्थिक अभाव भएकाहरुको लागि आर्थिक सहयोग समेत उपलब्ध गराएका छन्। विरेन्द्र कयान्सर पिडितलाई बिराटनगर देखि काठमान्डौं सम्म लगेर निशुल्क उपचार समेत गराएका हुन्।

मोरङको बालबालिका देखि लिएर युवा, वृद्ध, महिला समेत हरेक जातजातिका सबै उमेर समूहका ब्यक्तिहरु माझ सामाजिक कार्य र सहयोगि मनका कारण उनी लोकप्रिय बनेका छन्। बीरेन्द्र सानैदेखि आफ्नो क्षेत्रमा दुःखमा परेका बिरामिहरुलाई निःशुल्क उपचार गराउन देखि आर्थिक सहयोग सहित अन्य सहयोगमा समेत अग्रस्थानमा उभिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्