बाढीका कारण पाकिस्तानमा झण्डै आठ लाख पशुको मृत्यु

बाढीका कारण पाकिस्तानमा झण्डै आठ लाख पशुको मृत्यु

विगत केही हप्तादेखि आएको मूसलधारे मनसुनी वर्षाले शताब्दी लामो रेकर्ड तोडेको छ । साथै केही प्रान्तहरूमा विगत ३० वर्षको औसतभन्दा पाँच गुणा बढी पानी परेको बताइएको छ जसबाट १,२०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

त्यस्तै बाढीले ११ लाखभन्दा भन्दा बढी घरहरू क्षति पुर्याएको छ भने थुप्रै घरहरू बगाएको छ । थुप्रै पूर्वाधारहरू नष्ट भएका छन् । विद्यालय र अस्पतालहरू भत्किएका छन् । कम्तीमा १८ हजार विद्यालयमा क्षति पुगेको छ ।"हामीले अनुमान गरेका छौँ कि १ करोड ६० लाख बालबालिका त्यसबाट प्रभावित छन् र तीमध्ये ३४ लाख बालबालिकालाई मानवीय सहयोगको खाँचो छ," युनिसेफका पाकिस्तानी प्रतिनिधि अब्दुल्लाह फादिलले जेनेभाको प्यालेस डेस नेशनमा आजको पत्रकार सम्मेलनमा उल्लेख गरेका छन् ।

हाल पानीजन्य घातक रोगहरू छिटो फैलिने उच्च जोखिम छ । झाडापखाला, हैजा, डेंगु, मलेरिया सङ्क्रमणको उच्च जोखिम छ । शौचालयको अभावमा बाढी पीडितहरू रूपमा खुलारूपमा दिसा-पिसाब गर्न बाध्य छन् । राहत र उद्धार कार्यहरू अगाडि बढाउन निकै कठिन भएको छ । करिब १६० पुलहरू र पाँच हजार किलोमिटर सडकखण्ड क्षतिग्रस्त भएका छन् । पैतीस लाख एकड बाली प्रभावित भएको छ भने र लगभग आठ लाख पशुहरू मरेका छन् ।

कठिनताका बाबजुत उद्धार र राहत कार्य भने जारी रहेको युनिसेफले बताएको छ । युनिसेफका प्रतिनिधिले चिकित्सा उपकरण, अत्यावश्यक औषधि, खोपहरू, सुरक्षित पिउने पानी, स्वच्छता किटहरू, लामखुट्टे विरुद्धका उपायहरू र डेलिभरी किटहरू उपलब्ध गराउन जारी राख्नको लागि यी कोष र स्रोतहरूको तुरुन्तै आवश्यकता रहेको बताएका छन् । रासस/एएनआई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्