विराटनगर । विराटनगर–१४ स्थित नहरमा बिहीबार राति १८ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । विराटनगर जतुवामा पाँचजनाको समूहले किशोरीमाथि सामूहिक बलात्कार गरेका हुन् ।
बर्थडेबाट फर्किएर आफ्नै केटा साथीसँग गफ गरेर बसिरहेका बेला मादक पदार्थ सेवन गरेका समूहले किशोरीलाई कुटपिट गरी जिल्ला सामूहिक बलात्कार गरेको आरोपमा पीडितले प्रहरीमा जाहेरी दिएकी छिन् ।
मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठका अनुसार बेलुका ९ः३० बजेतिर आएका पाँच जनाको समूहले दुवै जनालाई नियन्त्रणमा लिएका थिए । त्यसपछि कुटपिट गरेको थिए । केटासाथि भाग्न सफल भएपछि किशोरीलाई नियन्त्रणमा लिएर बलात्कार गरेको पीडितले बताएकी हुन् ।
नियन्त्रणमा रहेका युवक भागेर होहल्ला गरेपछि किशोरीलाई नियन्त्रणमा लिएर करणी गर्नेहरू भागेका थिए । कुटपिटबाट युवक र युवतीको टाउको र अनुहारमा चोट लागेको छ । प्रहरीले घटनाबारे जानकारी पाएलगत्तै दुवैजनाको घाउ जाँच गराइसकेको छ ।
पीडितले किटानी जाहेरी दिएपछि विराटनगर–१४ का २९ वर्षीय सन्तोष मण्डल पक्राउ परेका छन् । घटनामा संलग्न अरु चार जना फरार छन् । फरारको खोजी भइरहेको प्रहरीले बताएको छ ।