जहदामा ३५ वर्षीया महिलामाथि बलात्कार आरोपमा दुईजना पक्राउ

<span class='c1'>जहदामा ३५ वर्षीया महिलामाथि</span> <span class='c2'>बलात्कार आरोपमा दुईजना पक्राउ</span>

विराटनगर । मोरङको जहदा गाउँपालिका–७ मा २ जना युवाले महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् ।

बिहीबार राति १० बजे अन्दाजी ३५ वर्षीया महिलालाई चिनजानकै युवाले करणी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।

राति १० बजे घरबाट काम छ भन्दै बोलाएका युवाले घर नजिकै खेतमा लगेर सामूहिक बलात्कार गरेको पीडितले बताएपछि युवाहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रवक्ता दिपक श्रेष्ठले जानकारी दिएका छन् ।

प्रहरीले जहदा–७ का २४ वर्षीय डोमा भनिने राहुल साह र २८ वर्षीय सञ्जय सोरेनलाई पक्राउ गरेको छ ।

पक्राउ परेकाहरुमाथि करणी सम्बन्धी कसूरमा जिल्ला अदालत मोरङबाट म्याद थप गरेर विस्तृत अनुसन्धान सुरु गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्