विराटनगरको ‘शान्ति युवा क्लव’ को १० हप्ते वृक्षारोपण अभियान

<span class='c1'>विराटनगरको ‘शान्ति युवा क्लव’ को</span> <span class='c2'>१० हप्ते वृक्षारोपण अभियान</span>

विराटनगर । विराटनगर ११ मा रहेको शान्ति युवा क्लबले १० हप्ते वृक्षारोपण कार्यक्रम अन्तर्गत आज शनिबार पनि निरन्तरता दिएको छ ।


गत भदौ ११ गते शनिबारदेखी थालेको वृक्षारोपण कार्यक्रमलाई आज दोस्रो साता पनि विभिन्न रुखका विरुवाहरु रोपेर अभियानलाई निरन्तरता दिएको हो ।
यस अघि विराटनगर १३ मा अवस्थित पुर्वाअञ्चल बाल आश्रमबाट वृक्षारोपण कार्यक्रमको सुरुवात गरेको थियो । यसैविच क्लवले आज शनिबार विराटनगर ११ स्थित जनपथ स्कुल परिसरमा असोकका विरुवाहरु रोपेको थियो ।


वृक्षारोपण कार्यक्रममा मुनलाइट युवा क्लब, द रेयुकाईकी रिंकु परियार, जनपथ स्कुलका प्रधानध्यापक हरि पराजुली अन्य शिक्षक शिक्षिका तथा क्वलका पदाधिकारीहरुको सहभागिता रहेको क्लबका सस्थापक अध्यक्ष विपुल चौधरीले जानकारी दिए । साथै क्लवले वृक्षारोपण कार्यक्रम सहभागी हुन ईच्छुक व्यक्तिहरुलाई पनि आह्वान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्