मैदानमा पानी जमेका कारण विराटनगरमा जारी भेट्रान्स फुटबलको फाईनल खेल स्थगित

मैदानमा पानी जमेका कारण विराटनगरमा जारी भेट्रान्स फुटबलको फाईनल खेल स्थगित

विराटनगर । विराटनगरमा जारी मुस्ताङ विराट मेघा भेट्रान्स फुटबल प्रतियोगिताको रात्रिकालिन फाइनल खेल स्थगित भएको छ ।

शुक्रबार दिउँसो भारी बर्षा भएका कारण विराटनगर स्थित सहिद रङ्गशालाको मैदानमा पानी जेमको कारण देखाउदै आयोजकले आज राती हुने खेल स्थगित गरेको हो ।

फाईनल खेलमा मोरङको जहदा भेट्रान र सिद्राह भेट्रान क्लब फाईनलमा प्रवेश गरेको छ ।

शुक्रबार विहानैदेखी विराटनगरमा भारी बर्षाको कारणले सहिद रंगशाला डुवान भएकोले गर्दा भेट्रान नाइट फुटबल प्रतियोगिताको फाईनल खेल अर्को सुचना नभए सम्मको लागि स्थगित गरेको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्