विराटनगरको कवाडी गोदामबाट चोरीको एक गाडी तार बरामद

विराटनगरको कवाडी गोदामबाट चोरीको एक गाडी तार बरामद

विराटनगर । विराटनगरको एउटा कवाडी गोदामबाट चोरीको एक गाडी तार प्रहरीले बरामद गरेको छ । विराटनगर – ११ टुनटुन शर्माको कवाडी पसलबाट प्रहरीले एक मिनी ट्रक चोरीको तार प्रहरीले बरामद गरेको हो ।

विद्युतमा प्रयोग हुने तार चोरी गरी शर्माको कवाडी पसलमा बिक्री वितरण गरेको पाइएपछि वडा प्रहरी कार्यालयको प्रहरी टोली पुगेर तार बरामद गरी विद्युत प्राधिकरण विराटनगर वितरण शाखामा राखेको छ । कवाडी पसलबाट बरामद गरेको तीन बन्डेल तार रहेको छ । बरामद गरेको तार शर्माले ४५ हजारमा खरिद गरेको बुझिएको छ ।


विद्युत प्राधिकरणसँग ठेक्का लिने ठेकेदारले उक्त तार बिक्री गरेको हुनसक्ने आशंका गरिएको छ । शर्माको कवाडी पसलमा दुहबीका नसिफ मियाँ भन्ने व्यक्तिले बिक्री गरेका हुन् । प्रहरीले बिक्री गर्ने व्यक्ति र चोरीमा तार खरिद गर्ने व्यक्तिलाई पक्राउ गरी अनुसन्धानको दायारमा अहिलेसम्म ल्याएको छैन । जसले गर्दा बिक्री गर्ने र खरिद गर्ने व्यापारीलाई उन्मुक्ती दिने तयारी गरिएको बुझिएको छ ।

यता कवाडी पसल संचालन गर्ने शर्माले आफुल तार खरिद नगरेर पसलमा काम गर्ने कर्मचारीले खरिद गरेको बताएका छन् । यता मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले घटनाको विषयमा अनुसन्धान भइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्