कक्षा १२ मा एभरेष्ट कलेजको उत्कृष्ट नतिजा : शतप्रतिशत उत्तिर्ण

<span class='c1'>कक्षा १२ मा एभरेष्ट कलेजको</span> <span class='c2'>उत्कृष्ट नतिजा : शतप्रतिशत उत्तिर्ण</span>

विराटनगर । २०७९ सालमा लिइएको कक्षा १२ को परिक्षाफल शुक्रबार प्रकाशित भएको छ ।

प्राप्त परिक्षाफलको परिणाम अनुसार विराटनगर– ५ स्थित एभरेष्ट स्कुलले उत्कृष्ट नतिजा ल्याएको छ । विज्ञान र व्यवस्थापन संकायका १ सय १४ जना विद्यार्थीले परिक्षा दिएकोमा शतप्रतिशत उत्तिर्ण भएका हुन् । कोरोना महामारिका कारण प्रताडित भएका बेला समग्र देशकै नतिजा खस्किएको बेला एभरेष्टका विद्यार्थीले ल्याएको परिणाम अत्यन्तै उत्साहजनक रहेको एभरेष्टका सहायक प्रिन्सिपल नारायण कडरियाले बताउनुभयो ।

मुलुकभरका ५२ प्रतिशत विद्यार्थीको नतिजा ‘ननग्रेडिङ’ आउँदा एभरेष्टका शतप्रतिशत उत्तिर्ण हुनुले पनि यहाँका शिक्षणसिकाई प्रभावकारी छ भन्ने पुष्टि भएको उहाँले बताउनुभयो । स्कुलका प्राचार्य टिकाराम पुरीले एभरेष्ट स्कुलको नतिजा उत्कृष्ट भएपनि समग्ररुपमा देशभरको नतिजा यस वर्ष निराशाजनक रहेको बताउनुभयो । एभरेष्टको नतिजा राम्रो आउनुमा भने, सूचना प्रविधिको उच्चतम प्रयोग, सिकाईपद्दति र अनुभवि शिक्षक तथा विद्यार्थी र अभिभावकको मेहनत नै प्रमुख कारण रहेको बताउनुभयो ।

नीजि तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल(प्याब्सन) का पूर्व अध्यक्ष समेत रहनुभएका पुरीले राष्ट्रिय परिक्षा बोर्डको त्रुटिका कारण ५२ प्रतिशत विद्यार्थीको नतिजा ननग्रेडिङ आएको आरोप लगाउँदै यसले ठूलो संख्याका विद्यार्थीलाई प्रभावित बनाएको बताउनुभयो । कोरोना महामारि झेलेर परिक्षा दिएका विद्यार्थीलाई समयसापेक्ष परिक्षा लिन बोर्डले नसकेको भन्दै उहाँले प्रश्नपत्र तयार पार्दादेखि नै विद्यार्थीको क्षमतालाई बुझ्न नसकेको बताउनुभयो । कोरोनाका कारण विद्यार्थीले कक्षा लिन नसकेको, कोर्स पूरा नभएको, कतिपय विद्यार्थीले कोरोना महामारीसँगै लड्नुपरेको अवस्थामा लिइएको परिक्षा समयसापेक्ष भएको भए ५२ प्रतिशत विद्यार्थीको नतिजा ननग्रेडिङ आउदैनथ्यो भन्दै उहाँले अझै पनि विद्यार्थीमा महामारिको प्रभाव रहने भएकाले त्यसलाई सुधार गरेर लैजानसक्नुपर्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्