मोरङ क्षेत्र नम्बर ४ मा बिनोद ढकाल सर्वसम्मत सिफारिस

<span class='c1'>मोरङ क्षेत्र नम्बर ४ मा</span> <span class='c2'>बिनोद ढकाल सर्वसम्मत सिफारिस</span>

विराटनगर । आगामी मंसिर ४ गते हुने संघ तथा प्रदेश निर्वाचनमा मोरङ क्षेत्र नम्बर ४ को संघीय क्षेत्रतर्फ एमालेका केन्द्रीय सदस्य विनोद ढकालको नाम सर्वसम्मत सिफारिस भएको छ । मोरङमा ढकाल एकमात्रै सर्वसम्मत सिफारिस हुने नेतामा पर्दछन् ।

विद्यार्थी राजनीतिबाट उदाएका ढकाल करिब ३७ वर्षदेखि राजनीतिमा सक्रिय छन् । भोजपुरबाट एसएलसी पास गरी मोरङ आएदेखि उनी निरन्तर राजनीतिमा सक्रिय छन् । अनेरास्ववियुको केन्द्रीय उपाध्यक्ष भएर देशव्यापीरुपमा स्थापित भएका ढकाल एमाले मोरङको जिल्ला सचिव, जिल्ला अध्यक्ष भइसकेका हुन् ।

विराटनगरमा स्थानीय नेतामध्ये इमान्दार र चिनिएका नेतामा पर्ने उनी मोरङ क्षेत्र नम्बर ४ बाट संसद निर्वाचित हुने योजनामा छन् । जिल्लामा विकास निर्माणका लागि केन्द्रमा बजेट ल्याउन लबिङ गर्ने र मोरङको विकासका लागि पर्ने नेताका रुपमा परिचित ढकाल आफूले गरेको काम अरु जस्तो प्रचार गर्ने नेताका रुपमा छैनन् ।

सामान्य परिवारका मानिसहरुलाई सहयोग गर्नेदेखि कार्यकर्ताको हरेक दुख सुखमा साथ दिने एक मात्र नेताका रुपमा ढकाल चिनिन्छन् । समस्या लिएर उनीसँगे भेट्नेलाई सकेसम्म सहयोग गर्दै आएका नेता ढकाल ४ नम्बरबाट उठ्ने मनस्थितिमा रहेका थिए ।
स्थानीय तह निर्वाचनमा यो क्षेत्रम पर्ने २३ वटा वडामध्ये १८ वटामा नेकपा एमालेले जितेको छ । हारेको एउटा वडामा १० भोटको अन्तर मात्रै छ । संघीय निर्वाचन क्षेत्रमा उठ्ने भएपछि ढकालले स्थानीय तहको निर्वाचन अगाडीदेखि नै यो निर्वाचन क्षेत्रमा आफ्नो पकड जमाउँदै गएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्