विराटनगरबाट ३६ लाखको ईलेक्ट्रोनिक सामानसहित ट्रक नियन्त्रण

विराटनगरबाट ३६ लाखको ईलेक्ट्रोनिक सामानसहित ट्रक नियन्त्रण

विराटनगर । मोरङ प्रहरीले विराटनगर–१२ बाट ३६ लाख मूल्य बराबरको सामान नियन्त्रणमा लिइएको छ । भारतबाट ना ख ३ ख ३०८७ नम्बरको ट्रकमा भन्सार छलेर ल्याउँदै गरेको सामान प्रहरीले ट्रक र चालक विराटनगर–१६ का राम विवेक महतोलाई नियन्त्रणमा लिइएको हो ।

मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठका अनुसार दुई दिन अगाडी नै ट्रक, चालक र सामान नियन्त्रणमा लिइएको थियो ।

इलेक्ट्रानिक सामान बोकेको ट्रकसहित राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरीमा आवश्यक कारवाहीको लागि बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्