विराटनगर । मोरङ क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभाको आगामी निर्वाचनका लागि प्रत्यक्षतर्फ माओबादी केन्द्रले अमनलाल मोदीलाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ । आइतवार बसेको निर्वाचन क्षेत्रिय समितिको बैठकले ४ मंसिरमा हुने प्रतिनिधि सभाको निर्वाचनका लागि मोदीको एकल नाम सिफारिस गरेको हो ।
बैठकले प्रतिनिधि सभाको समानुपातिकतर्फ भोगेन्द्र यादव, धर्मलाल माझी, सुनिता सरदार, डोल्मा राजबंशी र सोभित चौधरीको नाम सिफारिस गरेको छ । यसैगरि सोही क्षेत्रको प्रदेश सभाको ‘क’ मा प्रत्यक्षतर्फ बिजय विश्वास थारु, पप्पुलाल चौधरी र मनोज राईको नाम सिफारिस गरेको छ । यहाँ समामानुपातिकतर्फ केवल राय, सुर्य नारायण मुडियारी, ध्यानबहादुर वन, उमालाल मण्डल खवास, कुसन सरदार र झलक भगत सिफारिस भएका छन् ।
यस्तै मोरङ ४ ‘ख’ बाट प्रदेश सभामा प्रत्यक्षतर्फ हरिप्रसाद घिमिरे, ताजिम अन्सारी, किशोरकुमार पाण्डे र देव राजवंशी सिफारिस भएका छन् । समानुपातिकतर्फ सावित्रा अछामी, अन्जना पोखरेल, सावित्रा गौतम, मनकुमारी गिरी गुरागाँई, बिन्दी मिश्र, ज्ञानबहादुर कार्की , आमोद पौडेले, अशोक शर्मा, तुलसी आपागाँगई, पन्चु चौधरी, सरस्वती ओझा र ईन्द्रकला भट्टराई सिफारिस भएका छन् ।