विराटनगरमा डेंगु संक्रमणको जोखिम, सतर्क रहन महानगरको आग्रह

विराटनगरमा डेंगु संक्रमणको जोखिम, सतर्क रहन महानगरको आग्रह

विराटनगर । विराटनगरमा डेंगु संक्रमणको जोखिम बढ्दै गएको भन्दै महानगरपालिकाले सतर्क रहन आग्रह गरेको छ । महानगरका शहरी स्वास्थ्य महाशाखा प्रमुख डा.विशालकुमार देवले आइतबार सार्वजानिक सूचना जारी गर्दै एडिज एजिप्टाई नामको लामखुट्टेले फुल पार्ने स्थानहरुसँग सचेत रहन आग्रह गरेका हुन् ।

डेंगुको रोकथामका निम्त्ति भेक्टर लक्षित उपायहरू अपनाउन आग्रह गरिएको छ । लामखुट्टेको प्रजनन रोकथाम तथा सरसफाईमा विशेष ध्यान पुर्‍याउन आग्रह गरिएको छ ।

डेंगुको प्रकोपबाट जोगिन झुलको प्रयोग गर्ने, बाहुला छोप्ने गरी लुगा लगाउने, घर वरिपरि पानी जम्न नदिने, किटनाशक औषधिको प्रयोग गर्ने तथा लोशनहरू लगाउने बानीको विकास गर्नुपर्ने बताइएको छ । एसी कुलर, पूजा कोठामा भाँडामा राखिने पानी, अन्य बाहिरी पेरिफेरीमा स्थिर रुपले जम्ने पानीका स्रोतहरु भए त्यस्तो नराख्न आग्रह गरिएको छ । बिहान र साँझ विशेष सतर्कता अपनाउन समेत आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्