विराटनगरको पूर्वाञ्चल आयलमा देखादेखी ठगी

विराटनगरको पूर्वाञ्चल आयलमा देखादेखी ठगी

विराटनगर । इन्धन हाल्न गाडी पम्पमा लैजाँदा एकपोइन्ट बारे कति ख्याल गर्नु भएको छ । अर्थात् ५०० सयको डिजेल वा पेट्रोल सवारीमा हाल्दा पाउनु पर्ने परिमाण भन्दा कम दिएर बढी पैसा असुल्ने संभावना बारे ख्याल गर्नु भएको छैन होला ।

विराटनगरस्थित पूर्वाञ्चल आयल सप्लायर्समा यस्तै घटना आइतबार घटेको छ । म्याजिक भेन लिएर तेल हाल्न गएका चालक गणेश राईले ५०० को डिजेल लगाएका थिए । पम्पका कामदारले २.७ मिलिटिर मात्रै हालिदिए । त्यसपछि राईले २.८ मिलिलिटर हुनुपर्नेमा किन यति भनेपछि कामदारले २० रुपिँया फर्काई दिएका हुन् ।

पेट्रोल पम्पहरुले मेशिन बिगारेर परिमाण ठग्ने गरेका घटना त भईरहेकै हुन् तर, देखादेखी सय मिलिलिटर मात्रा कम गरेर बढी पैसा लिन समेत थालेको यो घटनाले देखाएको छ । राईले प्रदेश १, ०२–००२ च ४५५३ नम्बरको गाडीमा तेल पर्दा ४८३ रुपैँयाको मात्रै हालेर ५०० लिएपछि पम्पका कारदारलाई सोधेका थिए । त्यस क्रममा कामदारले माफी मागेर २० रुपैँया फर्काएको उनले बताए ।

यस अगाडी समेत राईको गाडीमा त्यसै गरिएको थियो । त्यहि कारण यस पटक उनले तेल भरिरहेको पम्पको फोटो तथा भिडिओ रेकर्ड गरेर बदमासीलाई पक्रेका हुन् । पम्पका सञ्चालक त्यहाँ नभएका कारण कामदारले ठगेको हुनसक्ने राईले बताए । तर, अन्य गाडीहरुलाई समेत यस्तै व्यवहार गर्ने गरेको चर्चा रहेको राईले दावी गरे । पम्पमा एकजना बृद्ध मान्छे कामदार हुनुहुन्छ, उहाँले यस्तो बारम्बार दोहो¥याउनु भएको गुनासो अन्यले पनि गर्दछन्, चालक राईले भने–मर्कामा पार्न त भएन, सञ्चालकले सच्याउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्