विराटनगरबाट ब्राउन सुगर सहित २ जना पक्राउ

<span class='c1'>विराटनगरबाट ब्राउन सुगर सहित</span> <span class='c2'>२ जना पक्राउ</span>

विराटनगर । विराटनगर महानगरपालिका-१५ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार दिउँसो लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

विराटनगर रानी भन्सारको १ नम्वर ढाँट स्थितमा भारतबाट नेपाल आउदै गरेका जहदा गाउँपालिका-५ मोरङका २१ बर्षीय सुरज कुमार चौधरीलाई संका लागि चेकजाँच गर्ने क्रममा उनको साथबाट ४४ मिलिग्राम ब्राउन सुगर र इटहरी उप-महानगरपालिका-९ का ३४ बर्षीय सन्तक कुमार खड्काको साथबाट १.६१ ग्राम ब्राउन सुगर बरामद गरेको हो ।

ब्राउन सुगर सहित पक्राउ परेका दुबै जनाको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्