खाईपाई आएको तलव विराटनगर महानगरपालीकाले कटौती गरेको भन्दै बाल शिक्षकहरुको आन्दोलन

<span class='c1'>खाईपाई आएको तलव विराटनगर महानगरपालीकाले कटौती</span> <span class='c2'>गरेको भन्दै बाल शिक्षकहरुको आन्दोलन</span>

विराटनगर । विराटनगर महानगरपालीकाले बाल विकास शिक्षकले पाउँदै आएको न्यूनतम पारिश्रमिक कटौती गरेपछि बाल विकास शिक्षक संघर्ष समिती आन्दोलनमा उत्रिएका छन् ।


स्थानिय सरकारबाट खाईपाई आएको तलव विराटनगर महानगरपालीकाले कटौती गरेको भन्दै गत शुक्रबारदेखी नै आन्दोलनरत छन् । उनीहरुले सोमबार पनि महाननगरपालीका परिसरमा बौद्धिक श्रम शोष गर्न पाइदैन, हाम्रो माग सम्बोधन गर, बाल विकास शिक्षकलाई सम्मानजन व्यवहार गर, खाइपाइ आएको तलब घटाउने काम नहोस् भन्दै प्ले कार्ड र नारा लगाउदै आन्दोलमा उत्रिएका थिए ।
चालु आर्थिक वर्षको साउनदेखि लागू हुनेगरी महानगरपालिकाले बाल विकास शिक्षकको न्यूनतम् मासिक पारिश्रमिक २ हजार रुपैयाँ कटौति गरेको थियो ।
महानगरपालिकाले यसअघि बाल विकास शिक्षकलाई मासिक ७ हजार रुपैयाँ दिँदै आएको थियो । २०७९÷८० महानगरपालिकालले ल्याएको नीति तथा कार्यक्रममाबाट २ हजार रुपैयाँ घटाएर मासिक ५ हजार रूपैयाँ मात्र दिने निर्णय गरेपछि बाल विकास शिक्षकहरु आन्दोलित भएका हुन् ।
महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले १७ भदौमा विराटनगरका सम्पूर्ण सामुदायिक विद्यालय र बालविकास केन्द्रहरूलाई तलव कटौती भएको परिपत्र गरेको छ थियो ।


विराटनगरका १४६ जना बाल विकास शिक्षकहरू चरणबद्ध आन्दोलनमा उत्रिएका हुन् । महानगरपालिकाबाट बिगतमा पाउँदै आएको पारिश्रमिकको सुनिश्चिता नभएसम्म बाल विकास शिक्षकहरूले आन्दोलन जारी राख्ने बताएका छन् ।
यता महानगरपालिको निर्णाय तत्काल नसच्याएसम्म निरन्तर रूपमा आन्दोलनमा उत्रिने बाल विकास शिक्षक संघर्ष समितिको संयोजक सावित्रा निरौलाले बताउनुभयो । विराटनगर महानगरपालिकाका शिक्षा महाशाखाका प्रमुख दुर्गाप्रसाद खतिवडाले संघीय सरकारले बाल विकास शिक्षकहरूको दिने अनुदान रकम बढाएपछि विराटनगर महानगरपालिकाले घटाएको बताएका छन् । पहिलो चरणको आन्दोलनबाट माग पुरा नभए दोस्रो चरणको सशक्त आन्दोलन सुरू गर्ने आन्दोलनमा उत्रिएका शिक्षिकाहरुले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्