प्रतिवन्धित लागुऔषध ब्राउनसुगर सहित ५ जना पक्राउ

<span class='c1'>प्रतिवन्धित लागुऔषध ब्राउनसुगर सहित</span> <span class='c2'>५ जना पक्राउ</span>

विराटनगर । झापा र मोरङको छुट्टाछुट्टै स्थानबाट प्रहरीले प्रतिवन्धित लागुऔषध ब्राउनसुगर सहित ५ जनालाई पक्राउ गरेको छ ।

सोमबार अपरान्ह झापाको मेचीनगर नगरपालिका–६ स्थितमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल आउदै गरेको प्रदेश १–०२–०४४ प ३९२९ नम्बरको मोटरसाईकलमा सवार रहेका लेटाङ नगरपालिका–४ मोरङका २१ बर्षीय सनिप राई र २१ बर्षीय पुर्ण प्रकाश मगरको साथबाट ३ ग्राम ब्राउन सुगर बरामद भए संगै मेचीनगर नगरपालिका–७ का २१ बर्षीय रोहित मंडल समेत संलग्न रहेकोले बरामद गरिएको ब्राउन सुगर सहित तीनै जनालाई पक्राउ गरिएको छ भने दमक नगरपालिका–२ खरखरे स्थितबाट इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले संकास्पद अबस्थामा हिडिरहेका दमक–२ का ४१ बर्षीय भिम बहादुर खत्रीको साथबाट ७ ग्राम ब्राउन सुगर बरामद गरेको हो ।

यसै गरी बिराटनगर महानगरपालिका–१५ स्थित रानी भन्सार कार्यालयको १ नम्वर ढाटमा लागु औषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल आउदै गरेको प्रदेश १–०२–०४ प १७५७ नम्बरको मोटरसाईकलमा सवार रहेका सुन्दरहरैचा नगरपालिका–२ का २८ बर्षीय ज्ञानदिप चौलागाँईको साथबाट ७५० मिलिग्राम ब्राउनसुगर बरामद गरेको छ । प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका पाँचै जनाको सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्