रोकिएन भन्सार छलेर ल्याउने काम , विराटनगरबाट अवैध कपडा र खाद्यान्न बरामद

<span class='c1'>रोकिएन भन्सार छलेर ल्याउने काम ,</span> <span class='c2'>विराटनगरबाट अवैध कपडा र खाद्यान्न बरामद</span>

विराटनगर । भन्सार छलेर ल्याएका अवैध सामान जनपथ प्रहरी र सशस्त्र प्रहरीले विराटनगरबाट सामाग्रीहरु बरामद गरेको छ । भारतबाट भन्सार छली गरी ल्याएको लत्ता कपडा र खाद्यान्नको सामाग्री सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट (बिओपी) रानी विराटनगरले बरामद गरेको हो ।


सशस्त्र प्रहरीले १ लाख १२ हजार मूल्य बराबरको लत्ताकपडा र खाद्यान्न सामाग्री विराटनगर १५ विराटनगर रानी बसपार्कबाट बरामद गरेको बताएको छ ।
यसै गरी विराटनगर महानगरपालिका १२ दरैया स्थित भारतबाट नेपालतर्फ अवैध रूपमा भन्सार छली चोरी पैठारी गरी ल्याएको लत्ताकपडा, पूजाको सामानहरू र विभिन्न मोटरपार्टसहरू पनि बरामद गरेको छ । प्रहरीले बरामद गरेको सामान अन्दाजी २ लाख ७ सय ६० रुपैयाँ बरावरको सामान जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बरामद गरी आवश्यक कारबाहीको लागि विराटनगर भन्सार कार्यालय रानीमा बुझाएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्