विराटनगर । विराटनगर महानगरपालीका वडा नम्बर १० स्थित कोशी कोभिड हस्पिटल छेउमा सवारी दुर्घटना हुदाँ ३ जना गम्भिर घाईते भएका छन् ।
रोडशेषबाट जोगबनी तर्फ जादै गरेको भारतिय नम्बरको वि.आर.डव्लु ३८ डव्लु १२१७ नम्बरको बुलेट बाईट र को १ ह ४२९२ को सिटी रिक्शा एक आपसमा ठक्कर खाँदा त्यसमा सवार ३ जना गम्भिर घाईते भएका छन् । घाईते हुनेमा सिटी सफारी चालक विराटनगर १२ बस्ने ५० बर्षिय देव नारायण यादव रहेका छन् भने बुलेट बाईकमा सवार जोगबनी आररिया जिल्ला १४ बस्ने ३० बर्षिय अवरा आलम र पछाडी बस्ने ३२ बर्षिय सोन्तोष यादव रहेको मोरङ प्रहरीले जनाएको छ ।
घाईते तिनै जनाको विराटनगर हस्पिटल चौकमा रहेको गोल्डेल अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । दुवै सवारी साधन ईलाका प्रहरी कार्यालय रानीमा थप अनुन्धानको लागी राखिएको छ ।
तस्वीर सहयोग : खालिद हुुसेन