विराटनगर । जन्मदिन मनाएर घर फर्कदै गरेकी एक १८ वर्षीया एक जना किशोरीमाथि सामूहिक बलात्कारमा संलग्न थप दुई जना पक्राउ परेका छन् ।
साथीसंग जन्मदिन मनाएर घर फर्किएकी किशोरीलाई गत भदौ १६ गते बिहीबार राती ९ ः ४५ बजे विराटनगर १४ नहरमा ७ जना युवाको समुहले बलात्कार गरेका थिए ।
प्रहरीले घटनामा संलग्न एक जनालाई घटना भएको भोली पल्ट पक्राउ गरेको थियो भने थप दुई जनालाई भदौ १९ गते र २१ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिनुभयो । पक्राउ पर्नेमा विराटनगर १४ का २९ वर्षीय सन्तोष मण्डल कर्सिया ५ का नुनिया महतो र विराटनगर १४ कै रामकुमार ठाकुर रहेका छन् । घटनामा संग्लन अन्य थप चार जना फरार रहेका कारण खोजी कार्य भईरहेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।
बलात्कारको सिकारमा परेकीमा किशोरीले विराटनगरको एक होटेलमा जन्मदिन मनाएर घर फिर्किने क्रममा उनीमाथि बलात्कार भएको प्रहरीले जनाएको छ ।
जन्मदिन मनाएपछि ती किशोरीलाई प्रेमिले घर पु¥याउन मोटरसाइकलमा हालेर लगेका थिए । घर पुग्नुभन्दा अगाडी उनीहरू विराटनगर १४ जतुवा अगाडीको नहरमा गफ गरेर बसेका थिए । प्रेमी र प्रेमिका गफ गरेर बसिरहेका बेला ७ जनाको समूहले नियन्त्रणमा लिएर युवतीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।पक्राउ परेका तिनैजनालाई म्याद थप गरी अनुसान्धान थालिएको मोरग प्रहरीले जनाएको छ ।