मेयर कोइराला हुलाकी सडक प्रभावितको गुनासो सुन्दै

<span class='c1'>मेयर कोइराला हुलाकी सडक</span> <span class='c2'>प्रभावितको गुनासो सुन्दै</span>

विराटनगर । हुलाकी सडकबाट प्रभावित स्थानमै पुगेर विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले स्थानीयको गुनासो सुनेका छन् ।

ठेकेदारको लापरबाहीका कारण विराटनगर-५ जामुनगाछी पश्चिम जाने सडक निर्माण हुन सकेको छैन । मेयर कोइरालाकै अग्रसरतामा पटक-पटक ठेकेदारसित छलफल गर्दा पनि निर्माणले गति लिन नसकेपछि मंगलबार नै पुनः छलफलसमेत गरिएको थियो । जिल्ला प्रशासन कार्यालयमा ठेकेदारलाई बोलाएर छलफल गरिएको हो । छलफलपछि मेयर कोइराला प्रभावित स्थानीयको गुनासो सुन्न जामुनगाछी पुगेका थिए । सडक नबन्दा धेरै नै दुःख पाएको स्थानीयले मेयर कोइरालासित गुनासो पोखेका थिए ।

हुलाकी सडकका विषयमा आफू निकै चिन्तित भएको बताउँदै मेयर कोइरालाले भने, “तपाईंहरूलाई लाग्दो हो मेयर आनन्दले बसेको छ, तर त्यसो होइन मेरो ठाउँबाट धेरै नै पहल गरिरहेको छु । यो सडक महानगरले बनाउने होइन । हुलाकी सडक आयोजनाले बनाउने हो । तर, पनि महानगरको मेयर चुप लागेर बस्ने कुरा आउँदैन ।”

त्यसअघि मेयर कोइरालाले प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, सम्बन्धित वडाका वडाध्यक्ष र ठेकेदारसित छलफल गरेका थिए । छलफलमा प्रमुख जिल्ला अधिकारी दाहालले पनि अब तोकिएको समयभित्र काम नभए प्रहरी लगाएर थुन्ने चेतावनी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्