विराटनगर । निजामती सेवा दिवसको अवसर विराटनगरमा वृक्षारोपण तथा सरसफाई गरिएको छ । विराटनगर–इटहरी ६ लेन सडक खण्ड अन्तर्गतको मुख्यमन्त्री कार्यालयदेखि रोडशेष चौकसम्मको सडकको विच भागमा वृक्षारोपण गरिएको हो ।
दिवको अवसर पारेर बुधबार विहान सडकको विच भागमा ओलेएरी, म्यांगोस्टेन तथा कपुर लगायत विभिन्न जातका अढाइ सय विरुवा वृक्षारोपण गरिएको छ ।
उक्त सडकमा प्रदेस न १ का प्रमुख सचिव विनोद प्रकाश सिंह, मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहाल लगायत सरकारी कार्यालयका प्रमुख तथा कर्मचारी, सुरक्षाकर्मी सञ्चारकर्मीहरुले वृक्षारोपण गरेका थिए ।
यसैगरि दिवशको अवसरमा सरकारी कार्यालय तथा चौकतथा सडकहरुमा सरसफाई समेत गरिएको छ । सरसफाई तथा वृक्षारोपण सुभारम्भ कार्यक्रममा वोल्नुहुदै प्रमुख सचिव सिंहले कर्मचारीको हकहित तथा सेवा प्रभालाई प्रभावकारी वनाउने निजामती सेवा ऐन चाडै आउनुपर्नेमा जोड दिए ।
मोरङका प्रमुख जिल्ला अधिकारी दाहालले कर्मचारीहरुले सेवाग्रहीको मन जित्नेगरि छिटो छरितो एंव पारदर्शी रुपमा सेवा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनका अध्यक्ष फणिन्द्र अधिकारीले, निजामती सेवा ऐन तत्काल पास गराउन आग्रह गर्नुभयो ।