जोगबनी रेलवे स्टेशनको गुड्स यार्ड मर्मत गर्न विराटनगरका उद्योगीको माग

जोगबनी रेलवे स्टेशनको गुड्स यार्ड मर्मत गर्न विराटनगरका उद्योगीको माग

विराटनगर । विराटनगरका उद्योगी–व्यवसायिले भारतको जोगबनी रेल्वे स्टेशनको गुड्स यार्डको जिर्णोद्वार गरेर दैनिक १६ घण्टा सञ्चालनमा ल्याईदिन भारतीय रेल्वे विभागसँग माग गरेका छन् । भारत कटिहार रेल्वे विभागका विभागीय रेल्वे प्रवन्धक एस.के.चौधरीलाई भेटेर उद्योगी–व्यापारिले व्यापार सहजीकरणमा सहयोग गर्न माग गरेका हुन् ।

मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालको नेतृत्वमा गएको टोलिले प्रवन्धक चौधरीसँग भेटेर जोगबनीको गुड्स यार्ड भत्केकोले मर्मतका लागि आग्रह गर्नु भएको हो । साथै गुड्स यार्डको कार्य समय बिहान ६ बजेदेखि बेलुका १० बजेसम्म कायम गरिदिन समेत माग गरिएको छ ।
संघका अध्यक्ष नविन रिजालले भारतीय भन्सार जोगबनीले जाँचपास नगर्दा रेल्वे स्टेशनको गोदाममा मालवस्तु अड्किने गरेको बताउनुभयो ।

त्यहाँको गोदाम समेत राम्रो नहुँदा नेपाली आयातकर्ताले पैठारी गरेको वस्तुमा क्षति पुग्ने गरेको बताउनुभयो । अध्यक्ष रिजालले कोलकाता बन्दरगाहदेखि जोगबनी रेल्वे स्टेशनसम्मका लागि कन्टेनराईज्ड कार्गोलाई नियमित सञ्चालन गर्न समस्या भएकोले त्यसमा समेत ध्यानाकर्षण गराइएको बताउनुभयो ।

उद्योगी–व्यवसायिकको टोलिले जोगबनीदेखि दक्षिण भारतको बैंगलौर र पश्चिम भारतको मुम्बई÷पुणे लगायतका स्थानसम्म सिधा रेलवे सुविधा जोडदा दुई देशबीचको आवात–जावतमा अझै सहज हुने भन्दै विभागका प्रवन्धकसँग सुझाव पेश गरेको छ ।
जोगबनी–विराटनगर सीमा क्षेत्रका नागरिक र व्यवसायीक समुदायलाई लक्षित गरी भारतीय रेल्वेलाई सुविधायुक्त बनाउन आवश्यक रहेको, दिल्ली र पटनासम्म थप रेल संचालन हुँदा थप राहत हुने सुझाव पेश गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्