विराटनगरको आरोहण गुरुकुलमा ‘हिउँको पृथ्वी यात्रा’

<span class='c1'>विराटनगरको आरोहण गुरुकुलमा</span> <span class='c2'>‘हिउँको पृथ्वी यात्रा’</span>

विराटनगर । विराटनगर हाटखोलास्थित आरोहण गुरुकुलमा शुक्रबारदेखि ‘हिउँको पृथ्वी यात्रा’मञ्चन हुने भएको छ ।

शिल्पी थिएटरको प्रस्तुतीमा भदौ २४,२५ र २६ गते नियमित रुपमा मञ्चन हुन लागेको हो ।

हिमालबाट बगेका ३ वटा नदिले आफ्नो समुन्द्रसम्मको यात्राको कथा भन्ने यो नाटक काठमाडौं बाहिर १२ पटक मञ्चन भइसकेका छन् ।

कालेबुङ अन्तराष्ट्रिय नाट्य महोत्सवमा मञ्चन भएर उपत्यकाबाहिर १२ पटक मञ्चन भएको नाटक शुक्रबारबाट भने विराटनगरमा मञ्चन हुने भएको हो। नाटकमा तीन नदिले गर्ने यात्राका क्रममा भेटिने मान्छे, जनावर र जलप्राणीको कथा समेटिएको छ।

नाटकको लेखन तथा निर्देशन अमजद प्रवेज तथा घिमिरे युवराजले गरेका छन्। नाटकमा ज्योती पोखरेल, रविन परियार, पवित्रा खड्का, संगिता उराव, झकेन्द्र बिसी, गोविन्द ओली, हिमाल भुजेल, सुशिला लोहर तथा ज्याक बरालको अभिनय रहेको छ। नाटकमा प्रयोग भएको संगीत स्मारिका फुयाँल तथा अनुप तिमल्सिनाले गरेका छन्।

शुक्रबार २४ गतेबाट सुरु हुने नाटक मञ्च भदौ २६ गतेसम्म हुनेछ। शनिबार भने नाटक नियमित शोसँगै १ बजेपनि मञ्चन हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्